‘कहो ना प्यार है’ लेखक सागरको निधन | Khabarhub Khabarhub

‘कहो ना प्यार है’ लेखक सागरको निधन


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउडका प्रख्यात लेखक तथा निर्देशक सागर सरहदीको सोमबार बिहान मुम्बईमा निधन भएको छ । उनी ८८ वर्षका थिए ।

उनी मुटुमा समस्या देखिएपछि मुम्बईको एक अस्पतालको आइसियू वार्डमा भर्ना भएका थिए । उनलाई यसअघि सन् २०१८ को फेब्रुअरीमा हृदयघात भएपछि यही अस्पतालमा भर्ना गरिएको थियो ।

नवभारत टाइम्समा प्रकाशित समाचार अनुसार सागरले ‘नूरी’, ‘बाजार’, ‘कभी कभी’, ‘सिलसिला’, ‘चांदनी’, ‘दीवाना’ र ‘कहो ना प्यार है’ जस्ता हिट फिल्मका स्क्रिप्ट लेखेका थिए ।

उनको वास्तविक नाम गंगा सागर तलवार थियो । उनको जन्म वर्तमान पाकिस्तानको एबाटाबादमा सन् १९३३ मा भएको थियो ।
समयसँगसँगै सागरको ध्यान थिएटरतिर जान थाल्यो र उनी इप्तासँग जोडिए ।

सागरले नै रंगमञ्चको दुनियाँमा फारुख शेख र शबाना आजमी जस्ता कलाकारलाई मौका दिएका थिए । उनले स्मिता पाटिल, फारुख शेख र नसीरुद्दीन शाहको प्रमुख भूमिका रहेको फिल्म ‘बाजार’को निर्देशन गरेका थिए ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ११ : ४० बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन