बार्सिलोना ला लिगाको दोस्रो स्थानमा, मेस्सीले बनाए अर्को कीर्तिमान | Khabarhub Khabarhub

बार्सिलोना ला लिगाको दोस्रो स्थानमा, मेस्सीले बनाए अर्को कीर्तिमान


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सहज जित निकालेको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ६-१ गोलले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी र सेर्जिनो डेस्टले दुई दुई गोल गरे । एन्टोनियो ग्रीजम्यान र ओसुमाने डेम्बेलेले एक एक गोल गरे । सोसिडाडका एण्डरले रक गोल फर्काए ।

यस खेलसँगै मेस्सीले बार्सिलोनाका लागि सर्वाधिक धेरै खेल खेल्ने कीर्तिमान बनाएका छन् । मेस्सी बार्सिलोनाका लागि ७ सय ६८ खेल खेल्दै क्लबका लागि सर्वाधिक धेरै खेल्ने खेलाडी बनेका हुन् ।

मेस्सीले पूर्व खेलाडी जाभीको कीर्तिमान भङ्ग गरेका हुन् । जितसँगै बार्सिलोना २८ खेलमा ६२ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । सोसिडाड ४५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

 

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ७ : २० बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको