मोबाइल वर्ल्ड कंग्रेस शंघाई २०२१ म आफ्ना प्राविधिक सफलता र साझेदारीहरु प्रदर्शित गर्दै ओपो | Khabarhub Khabarhub

मोबाइल वर्ल्ड कंग्रेस शंघाई २०२१ म आफ्ना प्राविधिक सफलता र साझेदारीहरु प्रदर्शित गर्दै ओपो


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अग्रणी स्मार्ट उपकरण कम्पनी, ओपोले मोबाइल वर्ल्ड कंग्रेस, शंघाई (एमडब्ल्यूसीएस) २०२१ मा आफूले सार्वजनिक गर्ने तयारी गरेका नवप्रर्बतनहरुका बारेमा केही संकेत प्रस्तुत गरेको छ ।

फेब्रुअरी २३ देखि २५ सम्म ओपोले आफ्ना पार्टनर्सहरुका साथमा फाइभजी स्पेसमा आफूले गरेका नयाँ परिक्षणका नतिजाहरु प्रस्तुत गर्नुका साथै, चार्जिङ प्रविधिमा भविस्यका विकासहरु, स्मार्टफोन अवधारणाहरु र ईन्टरनेट अफथिङ्स (आईओटी) हरु प्रदर्शित गर्नेछ ।

सबैका लागि ‘फास्टर चार्जिङ’
ओपो एक्स २०२१ रोलेबल कन्सेप्ट स्मार्टफोन मार्फत ओपोले नयाँ ताररहित चार्जिङ प्रविधिहरु प्रदर्शित गर्नुका साथै भोक फ्ल्याश चार्जिङ अन्तर्गत नयाँ विकासहरु ओपोले प्रदर्शित गर्नेछ । तर, ती मध्य पनि सबैभन्दा रोचक दैनिकीमा उपयोग हुने हरेक किसिमका उपकरणलाई तिब्र गतिमा चार्ज गर्न सघाउने विश्वब्यापी पहलको प्रदर्शनी हुनेछ ।

सन् २०१४ मा आफ्नो पहिलो भोक प्रविधि सार्वजनिक गरेदेखि नै ओपोले फ्ल्याश चार्जिङ क्षेत्रको अगुवाई गरिरहेको छ । एमडब्ल्यूसीएसले नवप्रवर्तन र साझेदारी प्रदर्शनीको अवसर प्रदान गर्दै भविष्यका लागि ईकोसिस्टमको विस्तारमा सघाउँदै तुलनात्मक रुपमा पहिले भन्दा ब्यापक रुपमा अझ बढी ब्यक्तिहरु मझ पुग्न सघाउँछ ।

फाइभजीका सम्भावनाहरु

सन् २०२० का असंख्य परिक्षणहरु पश्चात यस पटक चाइना यूनिकम बुथमा आगन्तुकहरुले ओपोको ५ जी एमएम(स्पिड टेस्टिङको प्रत्यक्ष प्रदर्शनको अवलोकन गर्न पाउने छन् । ५ जी एमएम(वेभले ५जी एप्लिकेशन्सका नयाँ पिढीका लागि जग बसाल्ने छ । ओपोको ५ जी सीपीईमा उपलब्ध गरिएको यो प्रविधि पनि एमडब्ल्यूसीएसमा प्रदर्शित गरिनेछ ।

ओपोको ५जी सीपीईले ५जी सिग्नललाई स्थिर र अतितिब्र वाई–फाई कनेक्शनमा परिणत गर्छ ।

एरिक्शन जस्ता उद्योगकै अग्रणी पार्टनर्ससंग सहकार्य गर्दै दूई नयाँ प्रप्राइटरी एन्टेना सोल्यूशन्सको विकास पश्चात ५जी सीपीईले भविष्यका घरका लागि उच्च गतिको कनेक्टिभिटीलाई वास्तविकतामा परिनत गरेको छ । ओपो बुथमा पाल्नुहुने आगन्तुकले यस्तै अनेकन प्रविधिहरु अवलोकन गर्न पाउने जानकारी दिइएको छ ।

ओपोका ग्लोबल मार्केटिङका अध्यक्ष विलियम ल्यूले भने , ‘ओपोका लागि आकाशनै सिमा हो । मोबाइल वर्ल्ड कंग्रेस २०२१ शंघाईमा हामी नयाँ पुस्ताका चार्जिङ प्रविधिका साथै स्मार्टफोनबाट मल्टि ईन्डष्ट्रि सेक्टरमा ओपोको अग्रगामी कदमका बारेमा समेत जानकारी दिनेछौँ ।’

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ३ : ४१ बजे

गुल्मीमा भीषण आगलागी, कम्तीमा चार दर्जन घरगोठ जले

गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा भीषण आगलागी भएको छ ।

अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो : अर्थमन्त्री

काठमाडौं । अमेरिका भ्रमणबाट आज स्वदेश फर्किएका अर्थमन्त्री वर्षमान पुनले

पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा आज एकैदिन छ

टीभेटको विस्तारमा सरकारी प्राथमिकता बढाउनुपर्ने

काठमाडौं । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टीभेट)का क्षेत्रको

पदयात्राको उपयुक्त गन्तव्य बन्दै बागलुङको बराह ताल

बागलुङ । पछिल्लो समय घुमफिर गर्ने संस्कृति बढेको छ ।