राष्ट्र बैंकले भोलि १० अर्बको विकास ऋणपत्र बोलकबोल गर्दै | Khabarhub Khabarhub

राष्ट्र बैंकले भोलि १० अर्बको विकास ऋणपत्र बोलकबोल गर्दै


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्र बैंकले मंगलबार १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ ।

केन्द्रीय बैंकका अनुसार ‘विकास ऋणपत्र, २०८५ घ’ बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागिएको हो । कूल आठ वर्षे अवधिको सो ऋणपत्रको ब्याजदर पनि बोलकबोलको माध्यमबाट नै निर्धारण हुनेछ ।

बैंक तथा वित्तीय संस्था, गैरबैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले सो ऋणपत्र खरिद गर्न सक्नेछन् । सो ऋणपत्र धितोमा राखेर कर्जा लिन वा दिन पाइने केन्द्रीय बैंकको सूचनामा उल्लेख छ ।

प्रतिस्पर्धी र अप्रतिस्पर्धी गरी दुई ढाँचामा विकास ऋणपत्र खरिदका लागि बोलकबोल प्रक्रियामा भाग लिन पाइनेछ । कूल बिक्री गर्न लागिएको रकममध्येको प्रतिस्पर्धीतर्फ ८५ प्रतिशत बराबरको रु आठ अर्ब २५ करोड र अप्रतिस्पर्धी तर्फको १५ प्रतिशत अर्थात् रु एक अर्ब ५० करोड गरी विभाजन गरिएको छ ।

घटीमा रु ५० हजार र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाई रु ५० हजारले भाग गर्दा निशेषः भाग जाने अङ्कमा खरिद गर्न पाउने व्यवस्था गरिएको छ । (रासस)

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ११ : ०५ बजे

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय

बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका