गल्ती स्वीकार्दै 'दाहाल-नेपाल' समूह सच्चिएर आए क्षमा दिन्छौँ : मुख्यमन्त्री पोखरेल | Khabarhub Khabarhub

गल्ती स्वीकार्दै ‘दाहाल-नेपाल’ समूह सच्चिएर आए क्षमा दिन्छौँ : मुख्यमन्त्री पोखरेल


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य शंकर पोखरेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गल्ती स्वीकार्दै सच्चिएर आए क्षमा दिने बताएका छन् ।

नेकपा जिल्ला कमिटी गुल्मीले आज तम्घासमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले गल्ती गर्नेलाई क्षमा दिने बताउँदै अहिले ‘प्रचण्ड’ र नेपालले गल्ती गरेको भन्दै उनीहरु सच्चिएर आए क्षमा दिने बताएका हुन् ।

सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा जारी गरेपछि प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउन दाहाल-नेपाल समूहले विभिन्न षड्यन्त्र रचेको समेत आरोप लगाए ।

उनीहरुकै कारण नेकपा अहिलेको स्थितिमा पुगेको बताउँदै आगामी चुनावको तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  १० : १५ बजे

‘मनसरा’ नौलो अभ्यास : फिल्म प्रचार गर्न कविता कन्सर्ट

काठमाडौं– ‘मनसरा’ टिमले कविता कन्सर्टमार्फत चलचित्रको प्रचार गर्दै आएको छ

ललितपुरमा एन्फा अन्तरकलेज फुटसल हुने

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने बैशाख

तातो हावाले नेपालगञ्जको जनजीवन प्रभावित

खजुरा– चर्को गर्मी र तातो हावा ‘लु’ का कारण बाँके

जलवायु परिवर्तनले फैलिँदै मलेरिया

लागोस– गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि

टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने !

काठमाडौं– चलचित्र ‘पुजार सार्की’ जापानभर प्रदर्शनमा आउने भएको छ ।