जावलाखेल चोकमा बसको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु | Khabarhub Khabarhub

जावलाखेल चोकमा बसको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरमा बसको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ ।

जावलाखेल चोकमा बसले ठक्कर दिँदा स्कुटरमा सवार महिलाको मृत्यु भएको हो । ती महिलाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

ट्राफिक चेकिङ छल्न खोज्दा बसको ठक्करबाट ती महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बा.२ख ३५७४ नम्बरको बसले प्रदेश ३-०२–०१० प ५५८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको महानगरीय ट्राफिक महाशाखाका एसएसपी जनकराज भट्टराईले जानकारी दिए ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ६ : ३३ बजे

इलाम पुगेर गगनले भने- गठबन्धनले माघ कटाएछ भने फेरि जवाफ दिन आउनेछु

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धन लामो समय

एमालेको प्रतिनिधि परिषदमा प्रस्तुत ६ प्रतिवेदनहरू

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक चलिरहेको छ

हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय

बेनी– अष्ट्रेलियका पिटर जेटी हल सन् १९९३ मा पहिलो पटक

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी

काठमाडौं– राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको

एलोन मस्कले गरे भारत भ्रमण स्थगित

नयाँदिल्ली– अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका