बाबुराम भट्टराईलाई मंगलबार अस्पताल भर्ना गरिने « Khabarhub
Logo
२० फाल्गुन २०७७, बिहीबार

बाबुराम भट्टराईलाई मंगलबार अस्पताल भर्ना गरिने



चिकित्सकसँग परामर्श लिँदै डाक्टर बाबुराम भट्टराई । तस्वीर– डा. भट्टराईका प्रेस संयोजक विश्वदीप पाण्डेको ट्वीटरबाट।

काठमाडौं – उपचारका लागि दिल्ली पुगेका पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई भोलि (मंगलबार) अस्पताल भर्ना गरिने भएको छ ।

भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेका अनुसार डा. भट्टराईलाई ‍नयाँ दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसमा भर्ना गर्न लागिएको हो ।

यसअघि डा. भट्टराईले काठमाडौंको निदान अस्पतालमा उपचार गराउँदै आएका थिए । चेकजाँचका क्रममा डाक्टरहरूले उनलाई ‘न्यूरो इन्डाक्राइनको ट्युमर’ भएको हुनसक्ने आशंका गरेपछि थप उपचारका लागि भट्टराई आइतबार दिल्ली उडेका थिए ।


भर्खर

0