सिन्धुलीमा कटुवा पेस्तोलसहित एकजना पक्राउ | Khabarhub Khabarhub

सिन्धुलीमा कटुवा पेस्तोलसहित एकजना पक्राउ


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– प्रहरीले सिन्धुलीमा कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार मरिण गाउँपालिका– ६ प्रतिटोल बस्ने सांगे लामा भन्ने २६ वर्षीय सांगे दोङलाई १ थान कटुवा पेस्तोलसहित आइतबार साँझ पक्राउ गरिएको हो ।

ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको टोलीले दोङलाई पक्राउ गरेको हो । प्रहरीलाई देख्नासाथ दोङ भाग्न खोजेको र सोही क्रममा नियन्त्रणमा लिई सोधपुछ गर्दा जंगलमा लुकाइराखेको अवस्थामा पेस्तोल फेला पारिएको प्रहरीको दाबी छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  २ : ४१ बजे

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीले लिए शपथ

काठमाडौं । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घ सोडारीले पद तथा

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र

एकै वर्षमा चार लाख २६ हजार पर्यटकले मुस्ताङ घुमे

म्याग्दी – पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार

पार्किङ गरिएको जहाज भित्रै भेटियो एक किलो सुन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गरिएको जहाज भित्र नै

नदी कटानका कारण साँघुरिँदै बस्ती

म्याग्दी । म्याग्दी नदीको कटानका कारण बगरफाँट गाउँ साँघुरिँदै गएको