अब युट्युबमा स्मार्टफोनमै 'फोरके' भिडियो हेर्न पाइने | Khabarhub Khabarhub

अब युट्युबमा स्मार्टफोनमै ‘फोरके’ भिडियो हेर्न पाइने


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अब युट्युब प्रयोगकर्ताले स्मार्टफोनमा फोरके भिडियो हेर्न पाउने भएका छन् । युट्युबको नयाँ फिचरमा फोरके भिडियो हेर्न मिल्ने सुविधा थप गरिएको छ ।

विभिन्न रिपोर्टका अनुसार अब फोरके सपोर्ट नगर्ने डिभाइसमा पनि ६० फ्रेम प्रतिसेकेन्ड एचडीआर सहितको फोरके भिडियो हेर्न सकिनेछ ।

आजसम्म मोबाइल प्रयोगकर्ताले फुल एचडीमा १०८० पी मा मात्र भिडियो हेर्न पाएका थिए । अहिलेसम्म बजारमा आएका अधिंकाश स्मार्टफोनमा फूल एचडीको भिडियो हेर्ने सुविधा छ ।

युट्युबको वेब भर्सनमा भने फोरके भिडियो हेर्ने सुविधा पहिलेदेखि नै दिइएको छ । स्मार्टफोन डिभाइसका लागि सर्भर साइड अपडेट गरेर फोरके हेर्न मिल्ने सुविधा दिन लागिएको हो ।

फोरके भिडियो प्ले गर्नका लागि स्तरीय मोबाइल र राम्रो इन्टरनेटको भने आवश्यकता पर्नेछ ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  १ : ५० बजे

आज २०८१ साल वैशाख ५ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ५ गते बुधबार तदनुसार

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको