उपराष्ट्रपतिसँग बाबुराम र प्रचण्डले गरे गोप्य भेट | Khabarhub Khabarhub

उपराष्ट्रपतिसँग बाबुराम र प्रचण्डले गरे गोप्य भेट


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले भेटवार्ता गरेका छन् ।

शुक्रबार अपराह्न उनीहरु तीनैजनाबीच भेटवार्ता भएको स्रोतले जानकारी दिएको हो ।

प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गरे लगत्तै दाहाल उपराष्ट्रपति भवन लैनचौर पुगेका थिए भने भट्टराई त्यही समय पारेर लैनचौर पुगेको स्रोतले जनाएको हो ।

प्रतिनिधिसभा विघटनविरुद्ध संयुक्त आन्दोलनमा जानुपर्ने बताइरहेका दाहाल र भट्टराई एकैपटक उपराष्ट्रपतिसँग भेट्न जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सत्तारुढ दल नेकपा दुई गुटमा स्पष्ट रुपमा विभाजन भइसकेको बेला पूर्व माओवादीका शीर्ष नेताहरुबीचको भेटमा के कुराकानी भयो यसबारे केही खुलाइएको छैन । तर पनि उनीहरुबीच प्रधानमन्त्री ओलीको कदमविरुद्ध संयुक्त आन्दोलन गर्नेबारे कुराकानी भएको हुनसक्ने आकलन गरिएको छ ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  १० : ०१ बजे

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन

पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

इस्लामावाद – पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी)ले बिहीबार आफ्नो