गरिबका छोराछोरी पढ्ने विद्यालयको यस्तो बिजोग ! | Khabarhub Khabarhub

गरिबका छोराछोरी पढ्ने विद्यालयको यस्तो बिजोग !


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नजिकमा दुई वटा पोखरी छन् । मठमन्दिर पनि छन् । ठाउँ रमणीय छ । गङ्गा सागर र धनुष सागर पोखरीको डिलमा साघुरो बाटो छ । दिनको करिब दुई बजेको छ । साँघुरो बाटोमा नाक थुनेर कोही पिसाब फेरिरहेका छन् भने कोही ओहोरदोहोर गरिरहेका छन् । साँघुरो बाटो स्थानीय व्यापारीका लागि पिसाब फेर्ने ठाउँ बनेको छ ।

त्यही बाटोको छेउमा, पोखरीको डिलमा एउटा विद्यालय छ । विद्यालयमा विद्यार्थीको चहलपहल छैन । उपस्थित शिक्षकहरू दक्षिणतर्फको चौरमा घाम तापेर बसेका छन् । केही कक्षा कोठामा विद्यार्थीहरू खेल्दै छन् । कुनैमा शिक्षक पढाउँदैछन् । नजिकैको साँघुरो बाटोबाट दिसापिसाबको दुर्गन्ध सोझै कक्षा कोठामा पुग्छ । शिक्षक र विद्यार्थीको अनुहारमा दुर्गन्धको छनक प्रष्टै देखिन्छ ।

यस्तो दृश्य हो, जनकपुरधाम उपमहानगरपालिका–४ स्थित राजर्षि जनक राष्ट्रिय प्राथमिक विद्यालयको ।

कुरा गत साताको एक दिनको हो । प्रधानाध्यापक वनारसीदेवी तीन दिनदेखि विदामा छिन् । शिक्षक अनिता ठाकुरका अनुसार विद्यालयमा कुल ११२ जना विद्यार्थी भर्ना भएको तथ्यांक छ तर आज १७ जनामात्र उपस्थित छन् । कक्षा दुईमा आठ जना, तीनमा तीन जना, चारमा दुई जना र कक्षा पाँचमा पाँच जनागरी १७ जना देखिए । शिशु कक्षा र कक्षा एक रित्तै थिए ।

‘पहिले यहाँ विद्यार्थीको ताँती लाग्थ्यो । कोरोना र प्राइभेट विद्यालयका कारण विद्यार्थी आउँदैनन्,’ उनले भनिन्, ‘अहिले यो विद्यालयमा स्थानीयलआफ्ना छोराछोरी पढाउँदैनन् । यहाँ प्रायःजसो बाहिरबाट आएर ज्यालामजदुरी गर्ने र फुटफाथमा पसल थाप्नेका बालबालिकामात्र आउँछन् ।’

शिक्षक १३ जना

विद्यालयको विवरणमा ११२ जना विद्यार्थी भर्ना भएको देखिए पनि कोरोना भाइरसको बन्दाबन्दीपछि विद्यालय खुल्दा दैनिक २५ जनाभन्दा कम विद्यार्थी उपस्थित छन् । विद्यालयमा ८ जना स्थायी, ४ जना राहत, १ बालविकास गरी १३ जना शिक्षक र एक कार्यालय सहायक कार्यरत छन् । सरकारी प्रावधानअनुसार तराई क्षेत्रमा एक शिक्षक बराबर ५० जना विद्यार्थी हुनुपर्छ । यस हिसाबले राजर्षि जनक प्राथमिक विद्यालयमा ६५० जना विद्यार्थी हुनुपर्ने हो ।

शिक्षक रामवरण दासका अनुसार अभिभावकहरूमा सामुदायिक विद्यालयको शैक्षिकस्तर राम्रो छैन भन्ने मानसिकता बनेको छ तर वास्तविक अवस्था त्यस्तो होइन । अभिभावकको मानसिकता परिर्वतन नभएसम्म सामुदायिक विद्यालयमा विद्यार्थी संख्या नबढ्ने उनको ठहर छ ।

अधिकांश अभिभावकले आफ्ना छोराछोरी निजी विद्यालयमा भर्ना गरेका छन् । दासका अनुसार राजर्षि जनकमा करिब पाँच वर्षयता विद्यार्थी संख्या घटदै गएको छ । उपस्थित विद्यार्थीहरू पनि दिउँसै भाग्ने गरेका छन् ।

‘विद्यालयमा दलित समुदायका विद्यार्थी पढ्छन्,’ दासले भने, ‘उनीहरू फुर्सदको बेलामात्र आउछन् । दलित समुदायमा पनि अत्यन्तै गरिब अभिभावकका बालबालिका छन् ।’ उनका अनुसार विद्यालय जाने उमेरका बालबालिकाहरू मजदुरी गर्न जान्छन् ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  २ : २५ बजे

बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड

काठमाडौँ– सांस्कृतिक महत्वको बूढानीलकण्ठ क्षेत्रलाई विश्वसम्पदा  सूचीमा समावेशको प्रयास गर्न

गण्डकीका मन्त्री मनाङे र चुमानलाई जिम्मेवारी

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिएका

पुष्पा–२ ले रिलिज अघि नै एकहजार करोड कमाउने

मुम्बइ– अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा– २’ ले रिलिजअघि नै

बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना हुने

धुलिखेल– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बडोलस्थित नगरपालिकाको स्वामित्वमा रहेको बुडोल सपिङ

कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

कैलाली– कैलालीका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध