बाइडेन फेरि जारी गरे कार्यकारी आदेश, अमेरिका जानेको कोरोना परीक्षण अनिवार्य | Khabarhub Khabarhub

बाइडेन फेरि जारी गरे कार्यकारी आदेश, अमेरिका जानेको कोरोना परीक्षण अनिवार्य


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडेनले फेरि कार्यकारी आदेश जारी गरेका छन् ।

उनले जारी गरेको पछिल्लो कार्यकारी आदेश कोरोना भाइरसको न्युनिकरणमा केन्द्रित छ ।

कार्यकारी आदेश अनुसार खोप अभियानलाई तीव्रता प्रदान गरिने छ भने परीक्षणको दायरा बढाइने छ । मास्कसहितका अत्यावश्यक सामग्रीको उत्पादन बढाउनका लागि आकस्मिक कानून लागु गरिने भएको छ ।

कोरोना भाइरसविरुद्धको अभियानका लागि १० अभियानको घोषणा गर्दै राष्ट्रपति बाइडेनले महामारीमाथि विजय प्राप्त गर्न केही महिना लागे पनि एकतावद्ध हुन सके छिटो महामारीबाट उन्मुक्ति मिल्ने बताएका छन् ।

अमेरिकाको ४६औँ राष्ट्रपति नियुक्त भएको भोलिपल्ट बाइडनले यी घोषणा गरेका हुन्।

ट्रम्प प्रशासनले महामारी नियन्त्रणमा बेवास्ता गरेको आरोपहरू लागेका बेला उनले महामारीसँग जुझ्न राज्यहरूमा भर पर्नुभन्दा एउटा राष्ट्रियस्तरको रणनीति अख्तियार गर्ने देखिएको छ ।

उनको पछिल्लो घोषणामा अबको १०० दिनमा स्कूलहरू सुरक्षित खोल्ने, रङ्गशाला तथा सामुदायिक संरचनाहरूमा खोप केन्द्र स्थापना गर्ने उल्लेख छ ।

अब अमेरिका जान चाहने यात्रीहरूले त्यहाँ जानु अगावै कोरोनाभाइरस नभएको परीक्षण रिपोर्ट देखाउनु पर्नेछ भने त्यहाँ पुगेपछि १४ दिन क्वारन्टीनमा बस्नु पर्ने अनिवार्य गरिएको छ ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ९ : १० बजे

पोखरामा एसिया कप ट्रायथोलन हुँदै

कास्की । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही वैशाख १५

रूस र युक्रेनबीच विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति

दोहा – रूस र युक्रेनले कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित

बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौं । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन

अन्तरिक्ष यात्रामा जाँदै सुनिता विलियम्स

काठमाडौं । भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स तेस्रो

पूर्व सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा हेर्दाहेर्दैमा राखिएको छ ।