कुवेतले बिदेशी कामदारलाई सिभिल आईडीको सट्टा रेसिडेन्सी कार्ड दिने | Khabarhub Khabarhub

कुवेतले बिदेशी कामदारलाई सिभिल आईडीको सट्टा रेसिडेन्सी कार्ड दिने


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कुवेतले बिदेशी कामदारलाई सिभिल आईडीको सट्टा अब रेसिडेन्सी कार्ड दिने भएको छ ।

कुवेतको आन्तरिक मन्त्रालयले धेरै अध्ययनको आधारमा सिभिल आईडी रद्द गरेर बिदेशी कामदारहरुलाई रेसिडेन्सी कार्ड दिन लागेको हो । कुवेत सरकारको नयाँ नीति अनुसार अब कुवेती नागरिकहरुलाई मात्र सिभिल कार्ड दिइनेछ ।

मन्त्रालयका अनुसार रेसिडेन्सी मामिलाहरूले कुवेतमा हुने बिदेशी कामदारहरुका लागि विशेष चुम्बकीय कार्ड जारी गर्ने लक्ष्य राखिको छ । जसमा उनीहरुको सबै डाटा समावेश हुनेछ ।

स्थायी रूपमा कुवेत छोड्ने वा आफ्नो भिसा रद्द गर्नेहरुले सिभिल आईडी कार्डको दुरूपयोग गर्न सक्ने भन्दै नयाँ व्यवस्था गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

रेसिडेन्सी मामिलाले जारी गर्ने रेसिडेन्स कार्ड देशका बासिन्दाहरूको उपस्थितिसँग जोडिनेछ । बिदेशीले कुवेत स्थायी रूपमा छोड्दा भने यो तुरुन्त रद्द हुनेछ ।

यस्तै, कुवेतमा कार्यरत १ लाख ८० हजार आप्रवासी कामदारहरुको भिसा समाप्त भएको छ ।

कुवेतले गैरकानूनी रुपमा बसेका नेपालीसहित बिदेशी कामदारहरुलाई रेसिडेन्सी बिभागमा गएर जरिवाना तिरेर बैधानिक हुन वा जनवरी ३१ तारिख भित्रमा मुलुक छोड्न भनेको छ ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ८ : ५५ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६