घुन्साका आधा परिवारले हिउँ र जाडो छल्न गाउँ छाडे | Khabarhub Khabarhub

घुन्साका आधा परिवारले हिउँ र जाडो छल्न गाउँ छाडे


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ- ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सा गाउँमा हिमपात शुरु भएसँगै आधा परिवारले जाडो छल्न गाउँ छाडेका छन् ।

घुन्सा गाउँमा हिउँ पर्न थालेपछि सात परिवार हिउँ र जाडो छल्न काठमाडौँ पुगेको छ । चार परिवार ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा कोठा लिए बस्न पुगेको छ । एक परिवार इलामको पशुपति बजार पुगेको छ ।

घुन्सा गाउँमा २८ परिवार स्थायीरूपमा बासोबास गर्दै आएको स्थानीयवासी पेमा शेर्पाले बताए । बाह्र परिवारले हिमपातसँगै जाडो छल्न गाउँ छाडेपछि १६ परिवार मात्र घुन्सा गाउँमा रहेको छ ।

घुन्सा विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको प्रवेशद्वारमा पर्ने एक पर्यटकीय बस्ती हो । घुन्सा गाउँमा हिमाली शेर्पा समुदायको बसोबास छ ।

यो गाउँ समुद्र सतहदेखि तीन हजार ५०० मिटर उचाइमा पर्छ । प्रत्येक वर्षको पुस, माघ र फागुन तीन महिना गाउँलाई नै हिउँले छोप्ने गर्दछ । हिउँ परेपछि पग्लेर जाँदैन । सिसाजस्तै कडा बरफ बनेर जमिरहन्छ । पग्लिन एक महिनासम्म लाग्न सक्छ ।

तीन महिना हिउँ र चिसोका कारणले निकै कष्टकर समय बिताउनु पर्ने भएकाले हिउँ र जाडो छल्न प्रत्येक वर्ष घुन्सा छाड्ने गरेको शेर्पाले बताए ।

हिमाली क्षेत्र भएकाले यहाँ खेतीपाती हुँदैन । कञ्चनजङ्घा हिमालको प्रवेशद्वार भएकाले यहाँको मुख्य व्यवसाय पर्यटनसँग निर्भर रहेको छ ।

यस वर्ष कोरोनाका कारण कञ्चनजङ्घामा पर्यटक आउन सकेनन् । पर्यटक नआएपछि आर्थिक स्रोत जुटाउन नसकेको टासी तेन्जी शेर्पाले बताए ।

आर्थिक अभाव र केही चौँरी याक गोठ भएकाले यस वर्ष हिउँ र जाडो छल्न १६ परिवार जान नसकेको शेर्पाले बताए ।

बाह्र परिवारले संरक्षण ऋण तथा बचत सहकारीमा जम्मा गरेको बचत फिर्ता लिएर हिउँ र जाडो छल्न गएको उनले बताए ।

गत महिना संरक्षण ऋण तथा बचत सहकारीबाट घुन्सा गाउँका सहकारी सदस्यहरुले रु ११ लाख बचत फिर्ता लिएको सहकारीका वित्तीय सहजकर्ता अभिषेक केदेमले जानकारी दिए ।

 

 

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ७ : ४० बजे

एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न नयाँ एप ल्याउने !

काठमाडौं–  धनाढ्य एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न अर्को एप लन्च

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

वैतेश्वरमा वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकाले वडागत रूपमा नेपाल सरकारले उपलब्ध गराउँदै

सातामा ९.२१ अंकले घट्यो नेप्से, कुन दिन कस्तो थियो बजार ?

काठमाडौं– यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.२१ अंकले घटेको छ

फेरि फिल्ममा अभिनय गर्दै ऋषि धमला

काठमाडौं– विभिन्न विषयमा चर्चामा आइरहने पत्रकार ऋषि धमला पुनः फिल्ममा