सडकमा खसेको पहिरो हटाएपछि खुल्यो यातायात | Khabarhub Khabarhub

सडकमा खसेको पहिरो हटाएपछि खुल्यो यातायात


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङ–काठमाडौँ आउजाउ गर्ने राजमार्गका विभिन्न खण्डमा खसेको पहिरो हटाएपछि यातायात सेवा सुरु भएको छ ।

३१ असोजदेखि २ कात्तिकसम्म परेको वर्षाका कारण राजमार्गका विभिन्न खण्डमा खसेको पहिरो हटाएपछि दिक्तेल–काठमाडौँ यातायात निर्वाध सञ्चालन भएको हो । पहिरो पन्छाइएपछि काठमाडौँबाट ओखलढुंगा र सोलुखुम्बु आवतजावत गर्ने सवारी साधनसमेत निर्वाध गुड्न थालेका छन् । सडकमा थुप्रिएको पहिरो पन्छाएर सवारीसाधन वारपार गर्ने वातावरण बनाइए पनि सडकलाई पूर्णरुपमा ‘क्लियर’ गर्न बाँकी रहेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए ।

वर्षाका कारण खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको कदुवा, सिन्धुलीको नागथान, कालीआँप, हैवारलगायतका स्थानमा पहिरो खस्दा सडक अवरुद्ध बनेको थियो । खुर्कोट नजिक पर्ने हैवारमा विशाल पहिरो खस्दा २–३ कात्तिकको साँझसम्म यात्रु तथा मालबाहक सवारी साधन रोकिँदा हजारौं यात्रु सडकमै अलपत्र परेका थिए । हैवारमा पहिरो खस्दा खोटाङसहित ओखलढुंगा र सोलुखुम्बुका यात्रु थुनिएका थिए । हैवारमा पटक–पटक पहिरो खस्ने गरेको छ ।

हैवारमा गएको पहिरोले दुई दिनसम्म बाटो थुनेपछि कतिपय यात्रु तथा मालबाहक सवारी साधन सिन्धुली–उदयपुरको कटारी–घुर्मी हुँदै ओहोर–दोहोर गरेका थिए । घुमाउरो बाटो प्रयोग गर्दा कम्तिमा १२० किलोमिटर घुम्नु परेको यातायात व्यवसायीले बताएका छन् । कदुवामा ३ कात्तिकमा पन्छाइएको पहिरो पुनः खसेपछि ४ कात्तिक विहान पन्छाएर सडक सूचारु गराइएको हो ।

साँघुरो सडक भएको तथा छोटो दुरीमा घुम्ती भएका कारण वर्षा याममा बढिमात्रामा सडकमा पहिरो खस्ने गरेको महासचिव हिङमाङले बताए । ‘पहिरो खसेको ठाउँमा ट्रयाक खोलियो तर अझै पनि जोखिम छ । सडक पूर्णरुपमा क्लियर गरिएको छैन,’ महासचिव हिङमाङले भने, ‘सडक चौडा नहुनु र नजिक–नजिक टर्निङ भएका कारण पहिरोले बढि क्षति पुर्‍याएको हो । छोटो टर्निङमा माथिबाट पहिरो खस्दा तल्लो टर्निङ पनि बिगारेको देखिन्छ ।’ न्यूज कारखाना

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  १० : २२ बजे

ज्येष्ठ नागरिकलाई निःशुल्क दाँत उपहार 

भोजपुर– भोजपुरको अरुण गाउँपालिकाले ज्येष्ठ नागरिकको दाँत फेरिदिएको छ।  वृद्धावस्थामा

जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा : मन्त्री बस्नेत

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको असर

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कति पुग्यो आज?

काठमाडौं– नेपाली बजारमा सुनको भाउले शुक्रबार नयाँ रेकर्ड कायम गरेको

दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न समिति गठन

काठमाडौं– सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हातहतियार राख्ने इजाजत दिएको

सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर-व्यवस्थापिका