खानेपानी कार्यालय जनकपुरका प्रमुखलाई सिके राउतका कार्यकर्ताले अर्धनग्न बनाएर बजार घुमाए | Khabarhub Khabarhub

खानेपानी कार्यालय जनकपुरका प्रमुखलाई सिके राउतका कार्यकर्ताले अर्धनग्न बनाएर बजार घुमाए


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– खानेपानी डिभिजन कार्यालय जनकपुरका कार्यालय प्रमुख जागेश्वर कुशवाहमाथि जनमत पार्टीका (सिके राउत) कार्यकर्ताले दुव्र्यवहार गरेका छन् । कुशवाहलाई नियन्त्रणमा लिएर कार्यकर्ताहरुले अर्धनग्न बनाई बजार परिक्रममा गरेका छन् ।

सडक विस्तारका क्रममा खानेपानीको पाइप ठाउँठाउँमा फुटेको र उक्त फुटेको पाइप मर्मत गर्न आग्रह गर्दा कुशवाहले जनकपुर नगरपालिकातिर जिम्मेवारी देखाउँदै आएको आरोप छ । सोही विषयमा विवाद हुँदा सिके राउतका कार्यकर्ताले उनीमाथि दुर्व्यवहार गरेका हुन् ।

यसैबीच दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जनमत पार्टीका कार्यकर्ता विजयकुमार यादवसहित सात जनालाई पक्राउ गरेको छ । पक्राउ परेका कार्यकर्तालाई रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडी नरा जुलुस भइरहेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ३ : २९ बजे

राष्ट्रपति-अमिर वार्ता : मध्यपूर्वको युद्धमा चासो, जलवायु परिवर्तनको संकट टार्न सहकार्य गर्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई

बालेन्द्रको फोटो टाँसेर इलाममा चुनाव प्रचार !

काठमाडौं- इलाममा गर्माएको उपनिर्वाचनको मैदानमा २० उम्मेदवार छन् । यीमध्ये

आईपीओकै दरमा किन्न पाइन्छ ४ कम्पनीको शेयर

काठमाडौं– नेपाल स्टक एक्चेञ्ज (नेप्से)को दोस्रो बजारमा ४ कम्पनीको शेयर

युक्रेन युद्धमा रुसलाई समर्थन गरेको अमेरिकी दाबीमा चीनको आपत्ति

बेइजिङ– बेइजिङले युक्रेनमा रुसको युद्धको समर्थन गरिरहेको भन्ने अमेरिकाको ‘निराधार

रूसी लगानीकर्तालाई नेपाली लगानी गर्न एफएनसीसीआइको आग्रह

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघ र रूसी संघको चेम्बर