बाढीपहिरोले बझाङमा ९ जनाको मृत्यु, २१ जना बेपत्ता | Khabarhub Khabarhub

बाढीपहिरोले बझाङमा ९ जनाको मृत्यु, २१ जना बेपत्ता


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ– केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१ जना अझै बेपत्ता छन् । बेपता ब्यक्तिहरूलाइ जिवितै फेला पार्ने सम्भावना निकै कम रहेको कारण मृतकको संख्या बढ्ने अनुमान गरिएको छ ।

मंगलबार बिहान थलारा गाउँपालिका वडा नं ४ डिक्लामा गएको पहिरोमा परी गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका पाँच जना बेपत्ता भए । दुई दिनदेखि हराइरहेका उनीहरूमध्ये दुई जनाको शव भेटिएको छ ।

अहिले बझाङको मौसम सुधार हुँदै गएकाले खोजीकार्यमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी घटनास्थलमा खटिएका छन् । गाउँभन्दा माथि ढोगदिना भन्ने ठाँउबाट पहिरो जाँदा दुई गाउँका १४८ घरपरिवार विस्थापित भएका छन् भने सात घर पुरिएका छन् । पहिरोका कारण तल्लो डिक्ला र माथिल्लो डिक्ला गाउँका स्थानीय त्रिभुवन मावि महेन्द्रधारमा अस्थायी रूपमा आश्रय लिइरहेका छन् ।

पूरा गाउँ पहिरोको जोखिममा रहेपछि सयभन्दा बढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेको शान्ति मावि पाराकाट्नेका शिक्षक मदनबहादुर साउदले बताए ।

विद्यालयमा बसिरहेका विस्थापितहरूमध्ये बालबालिका र वृद्धावृद्धलाई बढी समस्या भएको छ । घरभन्दा माथिको डाँडाबाट पहिरो खसेर घर पुरिँदा खप्तडछान्ना गाउँपालिकाको माझीगाँउका ४५ वर्षीय भर्मराज रोकाया र उनकी ४१ वर्षीया श्रीमती जैसरा रोकाया, कालुखेतीका ४७ वर्षीय बिरु गिरी र उनकी ४५ वर्षीया श्रीमती चन्द्रा गिरी र पाटादेवलका धनराज जोशीको मृत्यु भएको हो । एक जनाको पहिचान खुलेको छैन ।

छविसपाथीभेरा गाउँपालिका २ मुम्लामा खोलाले बगाउँदा १० वर्षीय एक बालकको मृत्यु भएको छ । जयपृथ्वी नगरपालिकाको कैलासमा ६० परिवार विस्थापित भएका छन् भने थलारा गाउँपालिकाका दुई सयभन्दा बढी परिवार विस्थापित भएका छन् ।

सो क्षेत्रमा यतिबेला सञ्चारमा समेत समस्या छ । मोबाइलमा नेटवर्क नहुँदा क्षतिको पूरा विवरण आउन नसकेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  २ : ११ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न