बाढीपहिरो प्रभावित जनतालाई चाँडै राहत बाँड्छौँ: प्रधानमन्त्री देउवा (भिडियोसहित) | Khabarhub Khabarhub

बाढीपहिरो प्रभावित जनतालाई चाँडै राहत बाँड्छौँ: प्रधानमन्त्री देउवा (भिडियोसहित)


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरोबाट प्रभावित जनतालाई समयमै राहत उपलब्ध गराउने बताएका छन् ।

बाढीपहिराले पुर्‍याएको क्षतिको अवस्थाबारे जानकारी लिन कर्णाली र सुदूरपश्चिम प्रदेशको स्थलगत निरीक्षण गएका प्रधानमन्त्री देउवाले सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री देउवाले नागरिकलाई आवश्यक राहत उपलब्ध गराउन सरकारले निर्णय गरिसकेको भन्दै समयमै राहत उपलब्ध गराउने बताए ।

एक्कासी आएको बेमौसमी बाढीले ठूलो धनजनको क्षति पुर्‍याएकोमा आफू दुःखी बनेको बताउँदै देउवाले पीडितलाई चाँडै राहत उपलब्ध गराउने बताए ।

प्रधानमन्त्री देउवाले सुर्खेत विमानस्थलमा बाढीपहिराले कर्णाली प्रदेशमा पुर्‍याएको क्षतिबारे प्रदेश सरकार र सुरक्षा निकायका प्रमुखबाट जानकारी लिएका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  २ : ०५ बजे

त्रिभुवन विमानस्थलबाट ८५० ग्राम सुन बरामद

काठमाडौं–  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक भारतीय महिलाको करिब ८५०

कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत

विराटनगर– कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार

अर्थमन्त्री पुन र अमेरिकी यूएस इन्टरनेशनल डीएफसीका सिइओबीच भेट 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुन अनन्त र अमेरिकी विकास संस्था यूएस

सर्वदलीय सरकार बनाउन मुख्यमन्त्री कार्कीको अपिल

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सर्वदलीय सरकार बनाउन अपिल

सुप्रिम सहकारी ठगी प्रकरणमा दिपेश पुनसँग ४ लाख धरौटी माग

काठमाडौं– बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले पूर्वउपराष्ट्रपति