सम्बन्धविच्छेदपछि युट्युबमाथि सामन्थाले लगाइन् मुद्धा | Khabarhub Khabarhub

सम्बन्धविच्छेदपछि युट्युबमाथि सामन्थाले लगाइन् मुद्धा


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपीलाइभ)– हालैमात्र अभिनेत्री नागा चैतन्यसँग सम्बन्धविच्छेद गरेकी अभिनेत्री सामन्था रुथ प्रभु अहिले चर्चामा छिन् । सामन्था र नागाको सम्बन्धविच्छेदपछि केही युट्युब च्यानल र मिडियाले अभिनेत्रीलाई लिएर विभिन्न आरोप लगाएका थिए ।

अहिले सामन्थाले तिनै फर्जी, भ्रामक र आपत्तिजनक समाचार प्रसारण गर्ने मिडियामाथि उजुरी दर्ता गरेकी छन् । सामन्थाको उजुरीका आधारमा प्रहरीले सुमन टीभी युट्युब च्यानल, तेलुगू पपुलर टीभी र केही अन्य युट्युब च्यानललाई कानूनी पत्र पठाएको छ ।

सामन्थाले यी युट्युब च्यानलले आफ्नो छवि बिगार्नका लागि भ्रामक र आपत्तिजनक समाचार प्रसारण गरेका थिए । उनले एक वकिल वेंकट रावमाथि पनि लिगल एक्सन लिएकी छन् । सामन्थाका अनुसार वेंकटले सामन्थाको वैवाहिक जीवनलाई लिएर केही दाबी गरेका थिए । वकिलले सामन्थाको अन्य कैयौं व्यक्तिसँग अफेयर रहेको दाबी गरेका थिए ।

यी सबै आरोप–प्रत्यारोपका बीच सामन्था एक्लै बनेकी छन् । उनका पूर्वपति नागा र ससुरा नागार्जुनले सामन्थाका विषयमा चलिरहेको समाचारबारे केही प्रतिक्रिया दिएका छैनन् ।

नागासँग सम्बन्धविच्छेदपछि उनलाई एलिमनीका रुपमा २ सय करोड रुपैंयाँ अफर गरिएको थियो । जुन अफरलाई उनले अस्वीकार गरेकी थिइन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  १ : २६ बजे

सेतो मच्छिन्द्रनाथ जात्राको रौनक (तस्बिरहरू) 

काठमाडौं– सेतो मच्छिन्द्रनाथको जात्रा आज मनाइएको छ । हरेक वर्ष

गृहमन्त्री लामिछानेले सत्ताबाहिर बसेर छानबिनलाई सघाउन् : रमेश खरेल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व नेता रमेश खरेलले

प्रभु बैंकका ग्राहकलाई स्काइवाक टावरको टिकट खरिदमा विशेष छुट 

काठमाडौं– प्रभु बैंक लिमिटेडका ग्राहकहरूलाई स्काइवाक टावरको टिकट खरिदमा छुट दिन

प्रमुख प्रशासकीय अधिकृत अर्याल सम्मानित

काठमाडौं– चन्द्रागिरि नगरपालिकाको ऐतिहासिक, धार्मिक एवं सांस्कृतिकस्थल संरक्षणमा अतुलनीय योगदान

इरानले इजरायलमाथि गरेको आक्रमणले मध्यपूर्वमा तनाव 

जेरुसेलम– इरानले इजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा तनाव बढाएको