सिसाको पर्खालमा शाहरुख र आर्यनको इन्टरकम कुराकानी | Khabarhub Khabarhub

सिसाको पर्खालमा शाहरुख र आर्यनको इन्टरकम कुराकानी


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– लागुऔषध मुद्धामा अभिनेता शाहरुख खानका छोरा आर्यन खान जेलमा छन् । उनी र उनका साथीहरु अरबाज मर्चेन्द्र र मुनमुन धमेचामाथि लागुऔषध सेवन र लेनदेनको आरोप छ ।

हालसम्म एनडीपीएस कोर्टले उनीहरुको जमानता अस्वीकार गरिरहेको छ । बिहीबारमात्र शाहरुख पहिलोपटक आर्यनलाई भेट्न जेल पुगेका थिए ।

कोभिड–१९ प्रोटोकलका कारण शाहरुखले आर्यनलाई प्रत्यक्ष भेट्न पाएका थिएनन् । बुधबारसम्म शाहरुखको परिवारलाई जेलमा आउन प्रतिबन्ध थियो । बिहीबारबाट यो प्रतिबन्ध हटेपछि शाहरुख छोरालाई भेट्न जेलमा पुगेका हुन् ।

शाहरुखले आर्यनसँग आर्थर जेलको भिजिट सेक्सनमा करिब १८ मिनेटसम्म इन्टरकम कुराकानी गरेका थिए । उनीहरु कुराकानी गरिरहँदा बीचमा सिसाको पर्खाल थियो । शाहरुखले छोरासँग कुरा गरिरहँदा उनीसँग जेलका अन्य अधिकारी पनि उपस्थित थिए ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  १२ : ५६ बजे

बालाजुस्थित बाइसधारामा विशेष मेला

काठमाडौं– चैत शुक्ल पूर्णिमा दिन मंगलबार ऐतिहासिक महत्व बोकेको काठमाडौंको

अमिरको नेपाल भ्रमण : भैरहवा-कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह

भैरहवा– नेपाल भ्रमणमा आउन लागेका कतारका अमिरको भ्रमणका अवसरमा भैरहवाको

६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

काठमाडौं- मलेसियाको सुपर वुमन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय महिला

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक पत्रकारको मृत्यु

जनकपुर– धनुषामा सडक दुर्घटनामा परी आज एक जना पत्रकारको मृत्यु

काभ्रेको कुतालमा छ्योर्तेन निर्माण

धुलिखेल– काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ कुतालमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण