पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको कमला नदी पुलको अर्को पिलर पनि भासियो | Khabarhub Khabarhub

पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको कमला नदी पुलको अर्को पिलर पनि भासियो


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा – सिरहा र धनुषा जोड्ने हुलाकी सडक अन्तर्गतको कमलानदीको पुलको तेस्रो पिलर (स्पान) पनि भासिएको छ ।

लगातारको वर्षाले कमला नदीमा आएको बाढीले केही महिनाअघि मात्रै पप्पु कन्स्ट्रक्सनले निर्माण सम्पन्न गरेको पुलको अर्को स्पान पनि बुधबार भासिएको हो ।

बुधबार मध्यान्ह धनुषातर्फको ३ नम्बर पिलर भासिएको सूचना प्राप्त भएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलाले जानकारी दिए ।

‘पुलको पिलर भासिएको सूचना आएको छ, कमला सिँचाइ आयोजना र सुरक्षाकर्मीलाई निरीक्षण गर्न भनेका छौं’, उनले भने ।

-न्युज कारखानाबाट

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ११ : ३० बजे

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने