हात्तीको आक्रमणबाट मृत्यु भएका दम्पतीको परिवारलाई दश लाख « Khabarhub

हात्तीको आक्रमणबाट मृत्यु भएका दम्पतीको परिवारलाई दश लाख


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – हात्तीको आक्रमणबाट ज्यान गुमाएका शुक्लाफाँटा नगरपालिका–१२ डिलाशैनी टोलका दम्पती ५५ वर्षका ध्वजबहादुर कार्की र ४५ वर्षका मथुरा कार्कीका परिवारलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले राहत रकम उपलब्ध गराउने भएको छ । मृतकका परिवारलाई जनही रु १० लाखका दरले राहत रकम उपलब्ध गराइने भएको हो ।

वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिकाबमोजिम मृतक परिवारको आश्रित हकवालालाई रु दश लाखका दरले राहत रकम उपलब्ध गराइने निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जामगरले बताए । “जति छिटो कागजी आवश्यक प्रक्रिया पूरा हुन्छ । त्यति छिटो राहत रकम उपलब्ध गराउछौँ”, उनले भने । कागज पत्र पेश हुनासाथ तत्कालै अनलाइन बैंकमार्फत भुक्तानी गरिने उनले बताए ।

“मृतक परिवारलाई किरिया खर्चबापत रु ५० हजार रकम एक, दुई दिनभित्रै उपलब्ध गराउँदै छौँ”, उनले भने । बुधबार बिहान हात्तीको आक्रमणबाट कार्की दम्पतीको घर आँगनमै मृत्यु भएको थियो । शुक्लाफाँटा नगरपालिकाले समेत मृत्यु भएका परिवारका हकवालालाई जनही रु २५ हजारका दरले किरिया खर्च उपलब्ध गराउने भएको छ । विपद् व्यवस्थापन समितिको बैठक राखेर निर्णय गरी रकम उपलब्ध गराइने नगर प्रमुख दिलबहादुर ऐरले बताए। दुई वर्षअघिसमेत नगरपालिकाको वडा नं १ बन्साहमा हात्तीले एक जना स्थानीयवासीको ज्यान लिएको थियो ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  १० : ४२ बजे

स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आजदेखि सुरु: मतगणना सक्न आयोगको निर्देशन

काठमाडौँ- नयाँ जनप्रतिनिधिका लागि गत वैशाख ३० मा भएको निर्वाचनअन्तर्गत

हरिवनको मेयरमा माओवादी विजयी

सर्लाही- सर्लाहीको हरिवन नगरपालिकाको मेयरमा माओवादी केन्द्रका रमेश बुडाथोकी र

आजको मौसम पूर्वानुमान : धेरै क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं- शुक्रबार दिउँसो मुलुकका विभिन्न क्षेत्रमा वर्षा हुने भएको छ।

पोखरा महानगरमा कलमको अग्रता बढ्यो : धनराज तीन हजार मतले अगाडि

काठमाडौं– पोखरा महानगरपालिकाको मतगणनामा गठबन्धनबाट एकीकृत समाजवादीका मेयर उम्मेदवार धनराज

राजविराज नगरपालिकामा जसपा विजयी

सप्तरी– राजविराज नगरपालिका मेयरमा जनता समाजवादी पार्टीका भीमराज यादव निर्वाचित