मौसममा सुधार, तत्काल 'भारी वर्षा' नहुने (पूर्वानुमानसहित) | Khabarhub Khabarhub

मौसममा सुधार, तत्काल ‘भारी वर्षा’ नहुने (पूर्वानुमानसहित)


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ८८ जनाको मृत्यु हुने गरी तीन दिनसम्म देशका अधिकांश भेगमा भएको ‘अति भारी’ वर्षा क्रमिकरूपमा रोकिएको छ ।

आजदेखि मौसममा सुधार हुँदै जाने र अब तत्कालै ठूलो वर्षा नहुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार रातिदेखि अधिकांश स्थानमा पानी पर्न रोकिएको मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

‘भारी वर्षा गराउने प्रणाली बाहिरिसकेकाले अब तत्कालै ठूलो वर्षाको सम्भावना छैन तथापि केही स्थानमा छिटफुट वर्षा भने भइरहन्छ,’ पौडेलले भने । आजदेखि अधिकांश स्थानमा घाम लाग्ने पूर्वानुमान गरिएको उनले जानकारी दिए ।

यद्यपि आगामी २४ घण्टा प्रदेश नं १,  वाग्मती र गण्डकी  प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

हेर्नुहोस् तीन दिनको पूर्वानुमान

२०७८ कार्तिक ०४ गते बिहीबार

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, वाग्मती र गण्डकी  प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश नं १ र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

२०७८ कार्तिक ०५ गते शुक्रबार

दिउँसो : प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशमा सामान्य बदली र सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एक दुई मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक दुई मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

२०७८ कार्तिक ०६ गते शनिबार

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम हल्का वर्षाको सम्भावना छ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ७ : ३२ बजे

प्रदेश सरकारले खेलकुद क्षेत्रमा बजेट बढाउँछ : मुख्यमन्त्री सोडारी

अत्तरिया–  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सरकारले खेलकुदका क्षेत्रमा

अमेरिका भ्रमण सकाएर स्वदेश फर्किए अर्थमन्त्री पुन  

काठमाडौं– अर्थमन्त्री वर्षमान अमेरिका भ्रमण सकाएर स्वदेश फर्किएका छन् । 

अब आन्तरिक कलह हट्नुपर्छ : इजरायली प्रधानमन्त्री नेतान्याहु

इजरायल– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार मोसादको मुख्यालय (इजरायलको अन्तर्राष्ट्रिय

पत्रकार राष्ट्रको सच्चा पहरेदार हो : प्रदेश प्रमुख परियार

कर्णाली– कर्णाली प्रदेश प्रमुख तिलक परियारले पत्रकार राष्ट्रको सच्चा पहरेदार

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच वटा