राष्ट्रियसभा बैठकमा पनि एमालेको अवरोध | Khabarhub Khabarhub

राष्ट्रियसभा बैठकमा पनि एमालेको अवरोध


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभाको बैठक पनि एमालले अवरोध गरेको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे बैठक शुरू भएलगत्तै एमाले सांसदहरुले सभामुख अग्नि सापकोटाको भूमिका तटस्थ नभएको भन्दै अवरोध जनाएका हुन् ।

एमाले सांसदको अवरोधपछि अध्यक्ष गणेश तिमिल्सिनाले आफ्नो भनाइ राख्न दिएको समयमा राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले सरकारले ‘गुरिल्ला’ शैली अपनाएको भन्दै आक्रोश पोखे ।

सरकारले प्रमुख प्रतिपक्षीको विरोधका बीच जवरजस्ती वजेट अध्यादेश अघि बढाउँदा अर्थमन्त्री जनार्दन शर्माले मर्यादा नाघेको उनले आरोप लगाए ।

‘संसदीय अभ्यासमा मर्यादा हुन्छ, बजेटको प्रतिस्थापन अध्यादेश पेस गर्नुपूर्व अर्थमन्त्रीको आसन कुनामा थियो, अझ बजेट पेस गर्न त उहाँ कुदेर नै रोष्ट्रममा पुग्नु भयो । भन्न पनि अप्ठ्यारो लागेको छ  तर भन्नै पर्छ उहाँले गुरिल्ला शैली अपनाउनुभयाे’, दाहालले भने ।

मन्तव्यको अन्त्यमा उनले राष्ट्रियसभा पनि चल्न नदिने बताएपछि अध्यक्ष तिमिल्सिनाले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

बैठकमा सरकारले सोमबार प्रतिनिधि सभाबाट पारित बजेट अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची छ ।

 

 

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  १ : २१ बजे

प्रधानमन्त्रीको फैसला : रविविरुद्ध प्रमाण पुगेन !

काठमाडौं- कुनै पनि फौजदारी कसुरबारे प्रहरी कार्यालयमा जाहेरी परेपछि त्यसलाई

४ वर्ष सदन अवरोध गर्न काङ्ग्रेसलाई गृहमन्त्रीको चुनौती

काठमाडौं– गृहमन्त्री रबि लामिछानेले ४ वर्ष सदन अवरोध गर्न काङ्ग्रेसलाई

एक सातामा काभ्रेका अठार स्थानमा आगलागी

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोका विभिन्न अठार स्थानमा आगलागी हुँदा जनधनको क्षति भएको

प्रधानमन्त्रीको जवाफमा कांग्रेसको चित्त बुझेन

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसद् रमेश लेखकले आज

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति लिइएको छ : प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेतृत्वको सरकार गठन भएदेखि नै