भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास, जर्नेलको नेतृत्वमा तीन सय नेपाली सैनिक सहभागी | Khabarhub Khabarhub

भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास, जर्नेलको नेतृत्वमा तीन सय नेपाली सैनिक सहभागी


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला – भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लामा नेपाल र भारतका सेनाको संयुक्त सैन्य अभ्यास सोमबारबाट सुरु भएको छ ।

‘१५औं सूर्यकिरण’नाम दिएको उक्त संयुक्त अभ्यासमा आतंकवाद विरोधी अभियान र विपद् व्यवस्थापन अभियान सम्बन्धी दुबै देशका सेनाले अनुभव आदान प्रदान गर्ने बताइएको छ ।

नेपाली सेनाका महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली संयुक्त सैन्य अभ्यासका लागि भारतको पिथौरागढ गएको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए ।

संयुक्त बटालीयन स्तरको अभ्यासले दुई देशहरुबीच रक्षा सहयोग र सैन्य सहयोग बढाउने अपेक्षा रहेको भारतको पिथौरागढ प्रशासनले जारी गरेको प्रेस वक्तव्यमा उल्लेख छ । १४ दिनसम्म हुने संयुक्त सैन्य अभ्यासमा दुबै देशका ६५० जना सैनिक तथा सैन्य अधिकारीहरुको सहभागिता रहेको छ ।

नेपालले सन् २०११ देखि भारतसँग नेपाल-भारत ‘सूर्यकिरण’ संयुक्त सैनिक अभ्यास गर्दै आएको छ। एक वर्षमा नेपाल र भारतमा एक–एक पटक अभ्यास हुँदै आएकोमा कोभिड-१९ संक्रमण सुरु भएपछि रोकिएको थियो।

न्युज कारखानाबाट

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ११ : ५५ बजे

सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने

गोदावरी– कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले यस वर्ष

डेभलपमेण्ट बैंकर्स एशोसिएसनको सीईओमा मन्जिला नियुक्त

काठमाडौं – विकास बैंकहरूको छाता संस्था डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालले

कतारी अमिरको भ्रमण : खाली गरियो काठमाडौंको सडक, निजी साधन चलाउन रोक

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी सवार जहाज

सांस्कृतिक र पर्यटन उपभोग प्रवर्द्धन गर्न चीनको पहल सुरु

चीन– चीनमा संस्कृति तथा पर्यटन मन्त्रालयले सांस्कृतिक तथा पर्यटन उपभोग

जब असईले चेकजाँच गरिरहेको बन्दुकबाट गोली चल्यो…

चेकजाँचका क्रममा बन्दुकबाट गोली चलेपछि बझाङमा कार्यरत एकजना असई निलम्बनमा