मुगुको सरकारी टोली चीनसँगको सीमा स्तम्भ निरीक्षणमा | Khabarhub Khabarhub

मुगुको सरकारी टोली चीनसँगको सीमा स्तम्भ निरीक्षणमा


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मुगु- मुगुबाट चीनसँगको सीमा स्तम्भ निरीक्षणका लागि टोली खटिएको छ । मुगु–तिब्बत सीमा स्तम्भ निरीक्षणका लागि मुगुका सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद कोइरालाको नेतृत्वको १६ सदस्यीय टोली गत बुधबारबाट निरीक्षणमा रहेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाको नेतृत्वमा सशस्त्र प्रहरी निरीक्षक जगत रावलसहितको टोली गत बुधबारदेखि मुगु–तिब्बत सीमा स्तम्भमा रहेको १३ नम्बर पिलर रेखदेख र निरीक्षण गर्न खटिएको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर शिवाकोटीले बताए ।

मुगु–तिब्बत सीमा स्तम्भ निरीक्षणको निम्ति जिल्लाबाट हरेक वर्ष टोली खटाइने गरिएको छ । टोलीलाई सीमा स्तम्भ पुग्न करिब ३ दिन र फर्किन ३ दिन गरी एक साताको समय दिइएको छ ।

सीमा स्तम्भमा खटिएको टोलीलाई सीमा स्तम्भसम्म पुग्न गमगढीदेखि छाइल बजारसम्म सडक सुविधा भएपनि त्यहाँदेखि पुलु, तिहारगुम्बा, चितैकुना, सिरानीचौर र मुगुगाउँ हुँदै पैदल हिँडनु पर्ने अवस्था छ ।

न्युज कारखानाबाट

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ११ : ३५ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन