अपार्टमेन्टभित्र हुने अवैध गतिविधि नियन्त्रण गर्दै प्रहरी | Khabarhub Khabarhub

अपार्टमेन्टभित्र हुने अवैध गतिविधि नियन्त्रण गर्दै प्रहरी


५ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– पुल्चोकस्थित एक अपार्टमेन्टबाट यौनधन्दा सञ्चालन गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरले त्यस भवनबाट यौनधन्दा सञ्चालन भइरहेको सूचनापछि छापा मारेको थियो ।

प्रहरीका अनुसार केही व्यक्तिले भवन भाडामा लिई केही युवतीहरुलाई त्यहीँ राखेर लामो समयदेखि यौन व्यवसाय सञ्चालन गर्दै आएका थिए । परिसर प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार भवनका चारवटा कोठा भाडामा लिएर यौन व्यवसाय सञ्चालन गरेको भेटिएको छ । कोठाबाट यौन सम्पर्कको लागि आएका ग्राहकहरुको ठेगानासहितको लेजरबुक पनि फेला परेको छ ।

प्रहरी परिसरले झापाका राजेश अग्रवाल, रुकुमकी ललिता विक, बर्दियाका सुनील विष्ट, मकवानपुरकी गीता खड्गी, बालाजुकी क्रिष्टिना केसी, सिन्धुपाल्चोककी निर्मला न्यौपाने र पनौतीका प्रतिक कर्माचार्यलाई हिरासत राखेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  ६ : ४५ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ