सङ्क्रमणकालीन न्याय छिटो दिन माग | Khabarhub Khabarhub

सङ्क्रमणकालीन न्याय छिटो दिन माग


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दशवर्षे सशस्त्र द्वन्द्वपछि विस्तृत शान्ति सम्झौता भएको लामोसमय बितिसक्दा पनि सङ्क्रमणकालीन न्याय निष्कर्षमा पुग्न सकेको छैन ।

शान्ति प्रक्रियाका धेरै काम पूरा भए पनि पीडितलाई न्याय दिने काम आफै पूरा हुनसकेको छैन । द्वन्द्वका पीडित पक्षले न्याय निरुपणको काम छिटो अगाडि बढाउन माग गरिरहेका छन् । मिडिया एड्भोकेसी ग्रुप (म्याग) ले आज आयोजना गरेको ‘सत्य निरुपण आयोग र न्यायका मुद्दा’ विषयक अन्तरक्रियाका सहभागी द्वन्द्वपीडित तथा घाइतेहरुले छिटो न्यायका लागि आग्रह गरे ।

कर्णाली प्रदेशको आन्तारिक मामिला तथा कानूनमन्त्री सीता नेपालीले पीडितलाई न्याय दिन ढिला भइरहेको र वर्तमान सरकारले तत्काल न्याय दिन पहल गर्नुपर्ने बताइन् । सत्तापक्ष र विद्रोहीपक्ष अहिले सरकारमा रहेको अवस्थामा भएकाले पीडितलाई न्याय दिनुपर्ने वर्तमान सरकारको काँधमा रहेको उनको भनाइ थियो ।

उनका अनुसार कर्णाली प्रदेशका तर्फबाट शहीद र घाइते परिवारलाई जीविकोपार्जनसम्बन्धी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र ललितपुर स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग पनि सहकार्य गरेर घाइतेको उपचार भइरहेको छ ।

अधिवक्ताद्धय गोविन्द बन्दी र एकराज भण्डारीले उक्त विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा पीडितको अपनत्व हुनेगरी सर्वोच्च अदालतको फैसलाअनुसार ऐन संशोधन गरेर पीडितलाई न्याय दिनुपर्ने उल्लेख छ ।

कार्यक्रममा सहभागी द्वन्द्वपीडितले न्यायका लागि पर्खाइ लामो भएको र छिटो न्याय दिने विषयमा राज्यले सोच्नुपर्ने र न्याय दिन राजनीतिक दल इमान्दार हुनुपर्ने धारणा राखेका थिए । म्यागका संस्थापक अध्यक्ष बबिता बस्नेतले द्वन्द्वपीडितलाई न्याय दिन भइरहको प्रक्रिया र न्याय छिटो दिलाउन पहल गर्ने उद्देश्य साथ छलफलको आयोजना गरेको बताइन् ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ५ : ५९ बजे

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द

सडक बालबालिका मुक्त बनाउन मन्त्री चौधरीको निर्देशन

ललितपुर – सडक बालबालिका मुक्त बनाउन महिला, बालबालिका तथा ज्येष्ठ

भारतको सहयोगमा दार्चुलामा विद्यालय भवन बन्दै

काठमाडौं– दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकास्थित श्री गलैनाथ माध्यमिक विद्यालयको भवन

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीले लिए शपथ

काठमाडौं । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घ सोडारीले पद तथा

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र