अभिनेत्री शिल्पालाई प्रहरीको ‘क्लीन चिट’ | Khabarhub Khabarhub

अभिनेत्री शिल्पालाई प्रहरीको ‘क्लीन चिट’


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– गत सोमबार मुम्बई प्रहरीले पोर्नोग्राफीको एक मामलामा अभिनेत्री शिल्पा शेट्टीका व्यापारी पति राज कुन्द्रालाई पक्राउ गर्यो । राजलाई मुम्बईको सेशन्स कोर्टमा उपस्थित गराएर प्रहरीले हिरासतमा राख्नुपर्ने माग राखेपछि उनलाई जुलाई २३ सम्म प्रहरी हिरासतमा पठाइएको छ ।

राजको विषयमा समाचार सार्वजनिक भएपछि सामाजिक सञ्जालमा यो प्रकरणमा शिल्पाको भूमिका के हो भन्ने प्रश्न उठिरहेका छन् । प्रहरीले पनि यो विषयमा अनुसन्धान गरेर निश्कर्ष निकालिसकेको छ ।

प्रहरीका अनुसार राजको मामलामा अहिलेसम्म शिल्पाको भूमिका प्रष्ट देखिएको छैन । प्रहरीले राजबाट पीडित बनेकाहरुलाई क्राइम ब्राञ्चसँग सम्पर्क गर्न आव्हान गरेको छ ।

मुम्बई प्रहरीका जोइन्ट कमिश्नर अफ पुलिस मिलिन्द भारम्बेले यो मामलामा हालसम्म शिल्पाको भूमिका नदेखिएको बताए । उनले शिल्पालाई हालका लागि ‘क्लीन चिट’ दिएको खुलाए ।

यसै वर्षको फेब्रुअरीमा प्रहरीमा पोर्न रेकेटसँग जोडिएको उजुरी परेको थियो । त्यही उजुरीका आधारमा प्रहरीले गहना वशिष्ठ, उमेश कामतलगायतलाई पक्राउ गरेको थियो ।

करिब ५ महिना लामो अनुसन्धान पछि प्रहरीले सोमबार राती राजलाई पक्राउ गरेको थियो । प्रहरीले राजलाई पक्राउ गर्नका लागि पर्याप्त प्रमाण रहेको दाबी गरेको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  १ : ५५ बजे

कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

कैलाली– कैलालीका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध

हामीलाई कमजोर ठाने उथलपुथल हुन्छ : माधव नेपाल

रौतहट– एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूलाई

नौ वाणिज्य बैंक : जसको शेयर मूल्य प्रतिकित्ता दुई सय पनि पर्दैन 

काठमाडौँ– कुनै बेला शेयर बजारमा एकछत्र राज गरेका वाणिज्य बैंकहरुको

काँकरभिट्टा–लौकही सडक स्तरोन्नति

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ

चेपाङ बस्तीमा पक्की विद्यालय भवन निर्माण

भरतपुर– चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित राष्ट्रिय आधारभूत विद्यालयको पक्की भवन