मनसुनपछिको विपदमा २० जनाको मृत्यु, ८०६ को उद्धार | Khabarhub Khabarhub

मनसुनपछिको विपदमा २० जनाको मृत्यु, ८०६ को उद्धार


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी पछिल्लो एक सातामा २० जनाको मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार उक्त अवधिमा २१ बेपत्ता र २० जना घाइते भएका छन् । अन्य ८०६ जनाको उद्धार भएको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए ।

बाढीपहिरो र डुबानमा परी सिन्धुपाल्चोकमा २० र बाजुरामा एक घाइते भएका छन् । पहिरो तथा बाढीका कारण बन्द विभिन्न स्थानका सडक प्रहरीले चालु गराएको छ । वर्षाका कारण जुम्ला, कास्की, बैतडीलगायत स्थानमा आज पहिरो गई अवरोध भएको सडक हटाउने कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बाढीका कारण २१० घर डुबानमा परेका छन् । सात सय ४८ घरका तीन हजार २५८ जना विस्थापित भएका छन् । विपद्मा ६३० पशु चौपाया मरेका छन् । उक्त घटनाबाट प्रभावित स्थानमा भएको क्षति न्यूनीकरण र उद्धारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारी, सेना तथा सशस्त्र प्रहरी सक्रिय छन् ।

जोखिममा रहेका विभिन्न जिल्लाका व्यक्तिलाई सुरक्षित स्थानमा राख्ने, पहिरामा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने तथा अवरोध सडक हटाउने कामसमेत जारी रहेको जनाइएको छ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ९ : १० बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन