काठमाडौं प्रशासनका स्थगित सेवा भोलिबाट सुचारु गरिने | Khabarhub Khabarhub

काठमाडौं प्रशासनका स्थगित सेवा भोलिबाट सुचारु गरिने


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जिल्ला प्रशासन कार्यालय काठमाडौँले कोरोनाका कारण स्थगित सबै सेवा मंगलबारबाट सुचारु हुने जानकारी दिएको छ ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै गत वैशाख १३ गतेबाट स्थगत गरिएका सेवा सुचारु हुने प्रशासनले जनाएको हो ।

कोरोनाको जोखिम बढेपछि अत्यावश्यक बाहेकका सेवाहरु स्थगित गरिएका थिए ।

आज एक विज्ञप्ति जारी गर्दै काठमाडौं प्रशासनका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बुढाले भोलिदेखि सबै सेवा सुचारु गर्ने निर्णय भएको जानकारी दिए ।

‘कोभिड(१९ को संक्रमण उच्च रहँदा मिति २०७८/०१/१३ गतेदेखि यस कार्यालयबाट अत्यावश्यक बाहेकका सेवाहरु स्थगित गरिएकोमा मिति २०७८/०३/०८ देखि लागू हुनेगरि सेवा सुचारु गर्ने निर्णय भएकोले जनस्वास्थ्यका मापदण्डको पूर्णरुपमा परिपालना गरी अत्यावश्यक रुपमा सेवा लिनुहुन पर्ने कारणसहित उपस्थित हुनुहुन सम्पूर्ण सेवाग्राही महानुभावलाई हार्दिक अनुरोध छ ।‘ जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ७ : ४५ बजे

प्रधानमन्त्रीसँगको भेटमा झलनाथ खनालले के भने ?  

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ

६ वर्षमा वाणिज्य बैंकका शाखा कार्यालय २ हजारले बढे

काठमाडौँ– पछिल्लो ६ वर्षको समयमा वाणिज्य बैंकहरुको शाखा २ हजारको

आज चैते दसैँ पर्व मनाइँदै

काठमाडौँ– आज चैते दसैँ पर्व हर्षोल्लासका साथ मनाइँदै छ। हिन्दु

आज सेतो मत्स्येन्द्रनाथको रथयात्रा सुरु हुँदै

काठमाडौँ– वर्षा र सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथयात्रा आज सुरु

संघीय संसदका ७ समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद्अन्तर्गतका विभिन्न सातवटा संसदीय समितिका बैठक आज बस्दै