जनकपुरको यातायात कार्यालय भोलिदेखि खुल्ने | Khabarhub Khabarhub

जनकपुरको यातायात कार्यालय भोलिदेखि खुल्ने


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालय मंगलबारदेखि नियमित खुल्ने भएको छ । यातायात कार्यालयले कोरोना महामारीका कारण बन्द रहेको सेवा सञ्चालन हुने सूचना जारी गरेको हो ।

कार्यालय प्रमुख वीरेन्द्र यादवले सोमबार सूचना जारी गर्दै मंगलबारदेखि भीडभाड नहुनेगरी स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सर्वसधारणको लागि कार्यालयको सेवा सुचारु हुने जानकारी दिए ।

यद्यपि कोरोना महामारीमा भीड नियन्त्रण गर्न केही सेवा घटाइएको छ । कार्यालयबाट सवारी कर, नवीकरण, बाटो इजाजत पत्र, राजस्व दाखिला सेवा, सवारी चालक अनुमति पत्र नवीकरण, प्रयोगात्मक परीक्षा पास भई राजस्व बुझाउन बाँकी सेवाग्राहीको राजस्व बुझाउने सेवा मात्र सुचारु हुने प्रमुख यादवले बताए ।

नयाँ तथा वर्ग थपको आवेदन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित नै रहेको यातायात कार्यालय जनकपुरधामले जनाएको छ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ८ : ४६ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र

रक्सी र मासुमा भोट खेर नफालौँ : रवि लामिछाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को