थुनिएको मर्स्याङ्दी नदी बिस्तारै खुल्दै | Khabarhub Khabarhub

थुनिएको मर्स्याङ्दी नदी बिस्तारै खुल्दै


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ– बाढीपहिरोका कारण विभिन्न स्थानमा थुनिएको मर्स्याङ्दी नदी अहिले बिस्तारै खुल्दै गएको छ । मनाङ जिल्ला भई बग्ने मर्स्याङ्दी नदी पहिरो, ढुङ्गामाटो र काठदाउराले थुनिँदा पानी जमेर ठूलो बाँध बनेको थियो । जिल्लाको चामे, मुरेडाँडा र हुण्डेमा बाढीपहिरोका कारण नदी थुनिएको हो ।

उक्त स्थानमा थुनिएको नदी अहिले बिस्तारै खुल्दै गएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मर्स्याङ्दी नदी थुनिँदा चामेबजार जाने ठूलो पुल जोखिममा परेको थियो। आइतबार सशस्त्र प्रहरी बल नं. ३२ गुल्म मनाङ र नेपाल प्रहरीको सहायतामा नदी खुलाइएको हो ।

सशस्त्र र नेपाल प्रहरीका सुरक्षाकर्मीले जोखिम मोलेर चामेबजार जाने ठूलो पक्की पुल जोगाएका हुन् । सशस्त्र प्रहरी बल नं.३२ गुल्म मनाङका गुल्मपति होमनाथ पन्थीका अनुसार पुल भत्काउने खतरा बढेपछि मुढा काटेर पन्छ्याइएको छ ।

यस्तै मुरेडाँडा र हुण्डेमा भने नदी आफै खोलिएको हो । नदीमा पानीको सतह केही मात्रामा घटेको र तत्काललाई जोखिम टरेतापनि सर्तकता अपनाउन मनाङबासीलाई प्रशासनले आग्रह गरेको छ । यस वर्ष मनसुनको सुरुआतसँगै मनाङमा बाढीपहिरोले ठूलो क्षति पुर्‍याएको छ ।

जिल्लामा चार वटा स्थानीय तह रहेका छन् । चार स्थानीय तहमध्ये चामे, नासोँ र ङिस्याङ गाउँपालिका बाढीपहिरो दुबैबाट पूर्णरुपमा प्रभावित बनेका छन् भने नार्पाभूमि गाउँपालिका पहिरोबाट प्रभावित भएको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए । आज मात्र नार्पाभूमीका पहिरोपिडितका लागि सदरमुकाम चामेबाट राहतको सामग्री लगेर वितरण गरेको उनले बताए । नार्पामा माटाका घरहरु धेरै भएको र अत्यधिक पानी पर्दा घर भासिएको प्रमुख जिल्ला अधिकारी लामिछाने बताए । —रासस

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ६ : ५५ बजे

गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संवैधानिक काम गरे : कांग्रेस

काठमाडौं– नेपाली कांग्रेसले गण्डकी र सुदूर पश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट

कांग्रेस देश र जनताप्रति उत्तरदायी पार्टी हो : सहमहामन्त्री राठोर

बैतडी– नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले कांग्रेस देश र जनताप्रति

गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा– गण्डकी प्रदेश सभाको बैठक प्रतिपक्षी दल बिना नै बसेको

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौं– चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे

भिमादका कृषकले सुन्तला बेचेर भित्र्याए तीन करोड

दमौली– तनहुँको भिमाद नगरपालिकाका कृषकले यस वर्ष सुन्तला बिक्री गरेर