गोरखामा वन लसुन टिप्न गएका एक जना भिरबाट लडेर बेपत्ता | Khabarhub Khabarhub

गोरखामा वन लसुन टिप्न गएका एक जना भिरबाट लडेर बेपत्ता


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा- वन लसुन टिप्न गएका उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित सिर्दीबासका एक व्यक्ति बेपत्ता भएका छन् । वन लसुन टिप्न गएका २४ वर्षीय सुरेन्द्र गुरुङ भीरबाट लडेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

गत जेठ २६ गते गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ र लमजुङको सिमानामा पर्ने बौद्व हिमालमा वन लसुन टिप्न गएका गुरुङ हिजोदेखि बेपत्ता भएको प्रहरीको भनाइ छ । दिउँसो करीब ३ बजेतिर वन लसुन टिप्दै गर्दा गुरुङ एक्कासी भीरबाट खसेको जानकारी आएपछि प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।

उनीसँगै बेपत्ता भएका अन्य चार जनाको भने उद्धार गरिएको प्रहरीले जनाएको छ । सल्लेरीका बाढी पीडितलाई राहत पुर्‍याउन गएको सिम्रिक एयरको हेलिकप्टरमार्फत चारै जनाको आज उद्धार गरिएको प्रनाउ दाहालले बताए । उद्धार गरिएका सबैलाई परिवारको जिम्मा लगाइएको छ ।

उद्धार गरिएकामा धार्चे गाउँपालिका–४ लाप्राकका ३० वर्षका सुवास गुरुङ, चुमनुब्री गाउँपालिका–३ सिर्दीबासका ५० वर्षका धनप्रसाद गुरुङ, ४२ वर्षका तुलबहादुर गुरुङ र १८ वर्षका कान्छा गुरुङ रहेका छन् । मौसममा सुधार आउना साथ प्रहरीले बेपत्ता गुरुङको खोजी तीव्र पार्ने जनाएको छ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ५ : ४२ बजे

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने