ललितपुर महानगरद्वारा कोरोना प्रभावितको राहतका लागि निर्देशिका जारी | Khabarhub Khabarhub

ललितपुर महानगरद्वारा कोरोना प्रभावितको राहतका लागि निर्देशिका जारी


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुर महानगरपालिकाले कोरोना प्रभावितहरुलाई राहत उपलब्ध गराउन निर्देशिका जारी गरेको छ ।

महानगरले यसअघि प्रभावितहरुलाई राहत उपलब्ध गराउन गरेको घोषणा कार्यान्वनका लागि निर्देशिका जारी गरेको हो । महानगरीय विपद् व्यवस्थापन समितिको आइतबार बसेको बैठकले कोरोना संक्रमितहरुलाई प्रदान गरिने उपचार तथा राहत सहयोग सम्बन्धी निर्देशिका जारी गरेको हो ।

निर्देशिकाअनुसार उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन भएको छ । राहत तथा सहयोगका लागि कोराना प्रभावितका तर्फबाट मृत्यु भएको वा अस्पतालबाट डिस्चार्ज भएको ३५ दिनभित्र उपसमितिसमक्ष निवेदन दिनुपर्नेछ । निर्देशिका लागू हुनु पूर्वका बिरामीको हकमा पनि निर्देशिका जारी भएको ३५ दिन भित्रै निवेदन दिनुपर्नेछ ।

पूर्ण कागजातसहितको निवेदन प्राप्त भएको १५ दिनभित्र उपचार र राहतसम्बन्धी सहयोग प्रदान गरिने जारी निर्देशिकामा उल्लेख छ । नगरप्रमुख चिरीबाबु महर्जनले स्थानीय सरकार नगरबासीको सुखदुखको साथी भएको बताउँदै कोरोना प्रभावितलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको जानकारी दिए ।

महानगरस्तरीय विपद् व्यवस्थापन समितिको जेठ २० गते बसेको बैठकले प्रति मृतक एक लाख, भेन्टिलेटर र आइसीयू बसेकालाई जनही ५० हजार, कोरोना संक्रमण भई अस्पताल वा स्वास्थ्य संस्थामा उपचार गराई संक्रमणमुक्त भएकालाई २५ हजार प्रदान गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ४ : ५० बजे

लोकतन्त्रका नक्कली सिक्का आफैँ खुइलिएर विस्थापित हुन्छन् : कांग्रेस नेता महर

बझाङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस लोकतन्त्रको सक्कली

एमालेकाे राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी पूरा

काठमाडौं– नेकपा एमालेले शनिबारबाट ललितपुरमा सुरु हुने राष्ट्रिय महाधिवेशन प्रतिनिधि

गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संवैधानिक काम गरे : कांग्रेस

काठमाडौं– नेपाली कांग्रेसले गण्डकी र सुदूर पश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट

कांग्रेस देश र जनताप्रति उत्तरदायी पार्टी हो : सहमहामन्त्री राठोर

बैतडी– नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले कांग्रेस देश र जनताप्रति

गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा– गण्डकी प्रदेश सभाको बैठक प्रतिपक्षी दल बिना नै बसेको