सार्वजनिक यातायात सञ्चालन गर्न माग | Khabarhub Khabarhub

सार्वजनिक यातायात सञ्चालन गर्न माग


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सार्वजनिक यातायात सञ्चालन गर्न माग गर्दै यातायात व्यवसायीहरुले सरकारसमक्ष ज्ञापन पत्र बुझाएका छन् ।

सोमबार सुन्दर यातायात प्रालिका अध्यक्ष भेष बहादुर थापाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै सार्वजनिक यातायात सञ्चालन गर्न सहजीकरण गर्न माग गरेका हुन् ।

लामो समयसम्मको निषेधाज्ञाले यातायात व्यवसायी तथा श्रमिकहरु प्रत्यक्ष मारमा रहेकाले निश्चित स्वास्थ्य मापदण्ड पालना गरी तत्काल सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण हुनुपर्ने उनले बताए ।

लामो समयसम्म सार्वजनिक यातायात सञ्चालन नभए यसले देशको अर्थतन्त्रमा समेत संकट पर्ने उनको भनाइ छ । उनले उच्च सतर्कता अपनाई सार्वजनिक यातायात सञ्चालन गर्ने कुरामा कुनै द्विविधा नराख्न पनि आग्रह गरे ।

ज्ञापन पत्र बुझ्दै सचिव श्रेष्ठले अब कोरोना संक्रमण घट्दै गएपछि सार्वजनिक यातायात पनि खुल्ने विश्वास गरे उनले यातायात व्यवसायीको मागका बारेमा सिसिएमसी लगायत सम्बन्धी निकायमा कुरा राख्ने प्रतिबद्धता जनाए ।

यसअघि उपत्यकाका प्रशासन कार्यालयले मंगलबारबाट उपत्यकामा जोरबिजोर प्रणालीका आधारमा निजी सवारीसाधान सञ्चालन गर्ने निर्णय गरेपछि व्यवसायीहरुले पनि सार्वजनिक यातायात खोल्नुपर्ने माग गरेका हुन्।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ४ : ४५ बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न