आगामी महाधिवेशनमा आफूलाई सहयोग गर्न कोइराला र सिंहलाई निधिको आग्रह | Khabarhub Khabarhub

आगामी महाधिवेशनमा आफूलाई सहयोग गर्न कोइराला र सिंहलाई निधिको आग्रह


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कांग्रेसको आगामी महाधिवेशनमा आफूलाई सहयोग गर्न उपसभापति विमलेन्द्र निधिले महामन्त्री डाक्टर शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई आग्रह गरेका छन् ।

आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने तयारी गरेका उपसभापति निधिले महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंहलाई आफ्नै निवासमा बोलाएर गरेको छलफलका क्रममा सहयोगका लागि आग्रह गरेका हुन् ।

छलफलका क्रममा आगामी महाविधेशनमा सभापति शेरबहादुर देउवालाई रोक्ने विषयमा बढी केन्द्रित रहेको छलफलमा सहभागी एक नेताले जानकारी दिए । उनले भने, ‘आगामी महाविधेशनमा शेरबहादुर देउवालाई कसरी रोक्ने भन्ने विषयमा अलि बढी केन्द्रित भएर छलफल भयो ।’

उपसभापति निधिको आग्रहमा कोइराला र सिंहले परिस्थति हेरेर निर्णय लिने बताएका छन् । त्यसबाहेक अदालतमा विचाराधिन संसद पुनर्स्थापनाको रिट, बाढी पहिरोको प्रकोप र कोरोना महामारी नियन्त्रणमा सरकारले गरेका काम र खोप आयातमा भइरहेको ढिलाईका बारेमा समेत छलफल भएको ती नेताले जानकारी दिए ।

वैवाहिक वर्षगाँठको अवसर पारेर उपसभापति निधिले महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंहलाई लञ्च मिटिङका लागि आफ्नो निवासमा बोलाएका थिए ।

सभापति देउवा पक्षमा रहेका उपसभापति निधिले सभापतिको उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंहले समेत सभापतिको दाबी प्रस्तुत गरिरहेका छन् ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ४ : १५ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६