निधि निवासमा सिंह र कोइराला, महाधिवेशन केन्द्रित छलफल | Khabarhub Khabarhub

निधि निवासमा सिंह र कोइराला, महाधिवेशन केन्द्रित छलफल


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आशन्न १४ औँ महाधिवेशनमा सभापति पदका दावेदार नेपाली कांग्रेसको तीन नेताबीच भेटवार्ता भएको छ ।

कांग्रेसको संस्थापक नेताहरु बीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका पुत्रहरुबीच आफू नेतृत्वमा जाने गरी दौडधुप शुरु भएको हो ।

महेन्द्रनारायण पुत्र एवं पार्टी उपसभापतिसमेत रहेका विमलेन्द्र निधिले बीपी पुत्र डा. शशांक कोइराला र गणेशमान पुत्र प्रकाशमान सिंहलाई आफ्नै घरमा बोलाएर छलफल गरेका छन् ।

फेरि एकपटक सभापति पदका लागि आकांक्षा राख्दै पार्टी सभापति शेरबहादुर देउवाले प्रदेश तहमा परामर्श बढाएपछि तीन नेताबीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

निधीले आफ्नो वैवाहिक वर्षगाँठ पारेर खानाको निम्ता दिएर बानेश्वरस्थित निवासमा बोलाएका हुन् । यद्यपि, उक्त भेटमा पार्टीको आगामी महाधिवेशनका विषयमा तीन नेताबीच छलफल भएको छ ।

निधिले आगामी महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने र त्यसबाट आफूपछि नहट्ने जनाइसकेको अवस्थामा उनीहरुबीच एकले अर्कालाई समर्थन गर्ने कुरा भएको स्पष्ट छ ।

भेटमा सहभागी नेता सिंहले महाधिवेशनका विषयमा छलफल गरेपनि महाधिवेशन केन्द्रित भएर कुनै निर्णय भने गरिनसकेको बताएका छन् । संवादलाई निरन्तरता दिने सिंहले बताए ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ३ : ४७ बजे

हिमालयन हाइड्रो एक्स्पो भोलिदेखि, अडानी पनि सहभागी हुने

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो भोलि (बैशाख १२) देखि शुरु

जनकपुरको गेस्टहाउसमा युवा-युवती मृत भेटिए, नाबालिका जीवितै

जनकपुरको एक गेस्ट हाउसमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव

कतारका अमिर थानी काठमाडौं आइपुगे

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने

सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने

गोदावरी– कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले यस वर्ष

डेभलपमेण्ट बैंकर्स एशोसिएसनको सीईओमा मन्जिला नियुक्त

काठमाडौं – विकास बैंकहरूको छाता संस्था डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालले