आखिरमा कोरोनासँग भाग्न सकेनन् मिल्खा सिंह | Khabarhub Khabarhub

आखिरमा कोरोनासँग भाग्न सकेनन् मिल्खा सिंह


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मिल्खा सिंह भारतीय खेल जगतका एउटा मिथक पुरुष हुन् । कोरोना संक्रमणले थलिएपछि ९१ वर्षीय मिल्खा सिंहको गत शुक्रबार भण्डीगढमा मृत्यु भयो । सन् १९६० मा भएको रोम ओलम्पिकमा ४०० मिटर दौडमा चौथो स्थानमा रहेका थिए, एसियाली खेलकुदमा चार पटक स्वर्ण पदक जिते ।

मिल्खा सिंहको खेल जीवनलाई आधार बनाएर सन् २०१३ मा ‘भाग मिल्खा भाग’ नामको फिल्म बनेको थियो । भलिबलको राष्ट्रिय टोलीकी पूर्वकप्तान, ८५ वर्षीय निर्मला कौरको मृत्यु भएको एक वर्ष नबित्दै मिल्खा बिते । निर्मला पनि कोरोनाले नै बितेकी हुन् ।

मिल्खा भारतीय खेलकुदका पहिलो सुपर स्टार मानिन्थे । उनको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । मिल्खाले अन्तर्राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा पाँच स्वर्ण पदक जितेका थिए । उनले आफू कुदेका ८० मध्ये ७७ वटा रेसमा जित हात पारे । यसबापत उनी सन् १९५९ मा ‘हेल्म्स विश्व ट्रफी’ बाट सम्मानित भए ।

भारत बेलायत अधीनस्थ रहँदै मुल्तानको कुनै गाउँमा मिल्खा जन्मेका थिए । सन् १९४७ मा भारत र पाकिस्तान विभाजनपछि उनले आफ्ना सात दाजुभाइ र अभिभावकको हत्या भएको देखे । मर्ने समयमा उनको बाबुले भनेका थिए– भाग मिल्खा भाग ।

भागेरै ज्यान जोगाएका मिल्खामा यसै घटनाले दौडप्रतिको मोह जागेको थियो । दौडिएर ज्यान जोगाएपछि उनको दौड पदक जित्ने क्रम शुरू भएको थियो ।

सन् १९४७ मा अनाथ बनेका उनले जीवन यापनका लागि राम्रा–नराम्रा सबै काम गरे । सेनामा आबद्ध भएपछि उनले खेलाडी भए । सन् १९५८ मा कार्डिफमा भएको कमनवेल्थ खेलमा स्वर्ण पदक जिते ।

मिल्खा सन् १९६० मा पाकिस्तानको लाहोरमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भए, उनलाई २०० मिटर दौडका लागि आमन्त्रण गरिएको थियो । पाकिस्तानका अब्दुल खालिकलाई घरेलु दर्शकको ठूलो साथ रहे पनि मिल्खाले जिते । खालिक तेस्रो स्थानमा सीमित रहे ।

त्यही वेला पाकिस्तानका उपराष्ट्रपति गेन अयुव खानले मिल्खालाई ‘फ्लाइङ सिख’ भनेका थिए । यसपछि यही नामले उनी संसारमा चिनिए ।

मिल्खाले आफूले ओलम्पिकमा पदक जित्न नसके पछि कुनै भारतीयले सफलता पाउनुपर्ने बताएका थिए । उनले अभ्यासको क्रममा आफू दैनिक ६ घण्टा कुद्ने गरेको बताएका थिए । सन् २०१३ मा ‘भाग मिल्खा भाग’ फिल्म रिलिज भएपछि यसले आगामी पुस्तालाई उत्साहित तुल्याउने मिल्खाको मत थियो ।

मिल्खा सन् १९५६ देखि सन् १९६४ सम्म तीन पटक ओलम्पिकमा सहभागी भए । उनका लागि रोम ओलम्पिक स्मरणीय रह्यो । यस ओलम्पिकमा उनी दाबेदार भएर पनि पदकविहीन भएका थिए । फोटो फिनिसमा अमेरिकी ओटिस डेभिसले स्वर्ण पदक जितेका थिए ।

दोस्रो स्थानमा जर्मनीका कार्ल काउफ म्यान रहेका थिए । मिल्खाको ४५ दशमलव ७३ सेकेन्डको समय ४० वर्षसम्म भारतको राष्ट्रिय कीर्तिमान बनेर रह्यो । २५० मिटर पूरा गरेपछि स्वर्ण जित्ने अवस्थामा रहेका मिल्खाको रेस रणनीति नमिलेर उनी कारण चौथो स्थानमा रहे ।

मिल्खाको जीवनकथा भारतमा मात्र होइन संसारका लागि प्रेरक छ । उनको जीवनीमा आधारित फिल्म ‘भाग मिल्खा भाग’ दक्षिण एसियाले भोगेको अहिलेका समस्या चित्रण गरेको छ । मुल्तानमा सिख र हिन्दुलाई मुस्लिमले छानीछानी हत्या गर्ने क्रममा उनका आमाबाबु र दाजुदिदी मारिएका थिए ।

मिल्खा टिकटविना रेलयात्रा गरेको अभियोगमा एक पटक जेल परेका थिए । जीवनमा सङ्घर्ष गर्दार्दा एक पटक उनी डाका बन्ने काममा पनि लागेका थिए । दाजु नाता पर्ने एक जनाले सेनामा लगाउने निरन्तर प्रयास गरेपछि उनको जीवनयात्रा मोडिएको हो । चौथो प्रयासमा सन् १९५१ मा मिल्खा भारतीय सेना भर्ती भए ।

सन् १९५६ मा पहिलो पटक ओलम्पिकमा सहभागी भएका उनी हिट चरण पनि पार गर्न असमर्थ रहे । त्यही समयका उपाधि विजेता चार्लेस जेन्कीन्सले उनलाई प्रशिक्षण दिए । यसपछि मिल्खाले भारतमा २०० र ४०० मिटरमा राष्ट्रिय कीर्तिमान राखे अनि कमनवेल्थ खेलकुदमा स्वर्ण पदक जिते ।

कोभिड–१९ शुरू भएपछि सन् २०२० फेब्रुअरी ६ मा वुहानमा बडी बिल्डर ७२ वर्षीय झिउ जुनको मृत्यु भयो । इटालीका चर्चित साइकलवाज इटाले डे जान पनि एक वर्षअघि बिते । स्पेनका २१ वर्षीय फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सिया पनि गत वर्ष नै बिते । स्पेनका खेल पत्रकार जोसे मारिया केन्डाला ५९ वर्षमा बिते ।

कुनै समय संसारमा तहल्का मच्चाएका पाकिस्तानका स्क्वासमा खेलाडी अजाम खानको ९५ वर्षको उमेरमा कोभिडकै कारण गत वर्ष मार्चमा मृत्यु भयो । बेलायतमा स्क्वास क्लब खोलेर बसेका उनको खेल जीवन ५० र ६० को दशकमा सर्वोच्च उचाइमा थियो ।

प्रतिष्ठित ब्रिटिस ओपनमा चार पटक फाइनल प्रवेश गरेका अजाम शुरूका तीन संस्करणमा आफ्नै दाजु हासिम खानसँग पराजित भएका थिए । चौथो पटक उनी उपाधि जित्न सफल भए । पाकिस्तानकै क्रिकेटर जरफर सरफराज पनि कोभिडले बिते ।

मिल्खा सिंह भारतीय खेल जगतका पहिलो सुपर स्टार मानिन्थे । उनलाई ९१ वर्षको उमेरमा कोरोनाले लग्यो । भारतका पुराना र नामी खेलाडीहरू निर्मला कौर, चेतन चौहान र रविन्दर पाल पनि कोरोना संक्रमणबाटै बिते ।

यसअघि भारतमा कोभिडले बित्नेमा सबैभन्दा चर्चित व्यक्ति थिए चेतन चौहान । कोभिडको पहिलो लहरमै गत अगस्टमा ७३ वर्षको उमेरमा उनको मृत्यु भएको हो ।

चौहानले भारतका लागि ४० टेस्ट खेलेका थिए । विश्व क्रिकेटका ऐतिहासिक पुरुष सुनिल गावस्कारका प्रारम्भिक ब्याटिङ जोडी चेतन ७० को दशकमा पिक फर्ममा थिए । सामाजिक र राजनीतिक गतिविधिमा पनि उत्तिकै सक्रिय उनी उत्तर प्रदेशबाट दुई पटक लोकसभामा निर्वाचित भएका थिए । दुई पटक उत्तर प्रदेश प्रान्तीय सरकारका युवा तथा खेलकुद मन्त्री पनि भएका थिए ।

चेतनले मुम्बईमा पहिलो पटक न्यु जिल्यान्ड विरुद्धको टेस्टमा अवसर पाएका थिए । उनले पहिलो रन प्रहार गर्न २५ मिनेट पर्खिएका थिए अनि दुई टेस्टपछि टोलीबाट हटाइए । पछि अस्ट्रेलियासँगको खेलमा मौका पाए तर फेरि तीन वर्ष टोलीबाट टाढा रहे ।

पछि अस्ट्रेलिया भ्रमणमा टोलीमा रहेका चेतनले भिक्टोरियासँगको खेलमा १५७ रन प्रहार गरे । पर्थमा भएको दोस्रो टेस्टमा ८८ रन प्रहार गरे । यसपछि उनले खेल जीवनमा एकमात्र टेस्ट गुमाए । एक खेलबाहेक अन्य सबैमा उनको प्रारम्भिक जोडी गावस्कर थिए ।

५९ टेस्टमा चेतनले गावस्करसँग साझेदारी गर्दै ३०२२ रन जोडका थिए । पछि भारतीय जनता पार्टीमा आबद्ध हुँदै राजनीतिमा सक्रिय भएर सन् १९९१ र १९९८ मा ओमराह जिल्लाबाट लोकसभामा निर्वाचित भए । सन् २०१७ मा फेरी प्रान्तीय संसदमा निर्वाचित हुँदै उनी मन्त्री भए ।

सन् १९८० को गृष्मकालीन ओलम्पिकमा स्वर्ण पदक जितेको भारतीय हक्की टोलीका सदस्य रविन्दर पाल सिंह पनि ६५ वर्षको उमेरमा कोभिडले बिते । उनी सन् १९७९ देखि १९८४ सम्म भारतको राष्ट्रिय टोलीमा भरपर्दा रक्षक थिए ।

मस्कोमा भएको ओलम्पिकमा भारतीय टोलीलाई स्वर्ण पदक दिलाउने क्रममा २० वर्पको उमेरमा उनले खेलेको खेल स्मरणीय छ । अन्तरमुखी स्वभावका उनी मैदानमा नपत्याउँदो किसिमले आक्रामक बन्थे ।

सन् १९८४ मा लस एन्जल्स ओलम्पिकमा उनी सहभागी थिए । त्यसमा भने भारतीय टोली पाँचौँ भयो । सन् १९८२ मै मुम्बईमा भएको हक्की विश्व कपमा पनि रविन्दर सहभागी थिए । यसमा भारत पाँचौँ स्थानमा सीमित भयो । सन् १९८२ मै कराँचीमा उनीसहितको भारतीय टोली फाइनलमा पाकिस्तानसँग पराजित भएर उपविजेतामा सीमित भयो ।

कोभिड १९ का कारण संसारका लाखौँको ज्यानेमा थुप्रै खेलकर्मी पनि परेका छन् । यीमध्ये मिल्खा सिंहलगायत केही खेलाडी पनि कोभिडमै परे ।

–एजेन्सीहरूको सहयोगमा

 

 

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  १० : ५९ बजे

वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं– नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने टिमको घोषणा गरेको

१६ औँ योजनामा सूचना प्रविधिको विस्तारमा प्रधानमन्त्रीको जोड

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत पूर्वाधार

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको