सफा हिमाल अभियान अन्तर्गत सेनाले संकलन गरेको धौलागिरीको फोहोर हस्तान्तरण | Khabarhub Khabarhub

सफा हिमाल अभियान अन्तर्गत सेनाले संकलन गरेको धौलागिरीको फोहोर हस्तान्तरण


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली सेनाले धौलागिरी हिमालबाट संकलन गरेको ४ हजार ७२० किलो फोहोर हस्तान्तरण गरेको छ ।

बिहिबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच नेपाली सेनाले “सफा हिमाल अभियान २०२१” अन्तर्गत संकलन गरिएको फोहोर पुनः प्रयोग गर्नेगरी व्यवस्थापन गर्ने प्रयोजनको लागि एभ्नी भेन्चर प्रालीलाई हस्तान्तरण गरेको हो ।

फोहोर संकलनको क्रममा धौलागिरी हिमालमा फेला परेको दुई वटा मानव कंकाल आवश्यक अनुसन्धान तथा कानुनी प्रकृयाका लागि मंगलबार नै जिल्ला प्रहरी कार्यालय म्याग्दीमा बुझाइएको सेनाले जनाएको छ ।

उक्त हिमालबाट संकलन गरीएको ५ हजार २० किलो फोहोर मध्ये सड्ने र कुहिने खालको ३ सय किलो फोहोर आइतबार नै धौलागिरी गाउँपालिकालाई बुझाइसकिएको नेपाली सेनाका प्रवक्ता सन्तोस बल्लभ पौडेलले जानकारी दिए । उनका अनुसार नकुहिने ४ हजार ७ सय २० किलो फोहोर पुनः प्रयोग गर्ने प्रयोजनको लागि एभ्नी भेन्चर प्रालीलाई बिहिबार हस्तान्तरण गरिएको हो ।

साथै, सफा हिमाल अभियान अन्तर्गत विभिन्‍न ६ वटा हिमालको सफाई कार्यक्रम जेठ १० गतेसम्म रहेकोमा फोहोरको उपलब्धता तथा कार्य प्रगतिलाई ध्याद दिएर धौलागिरी तथा आमादब्लम हिमालको सफाई कार्यक्रम जेठ ३ गते नै सम्पन्न गरिएको सेनाले जनाएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  १० : ५१ बजे

भक्तपुरमा आगलागीबाट १८ चौपाया मरे

भक्तपुर । सूर्यविनायक नगरपालिका- १, तर्खगालस्थित ओमसाई गाई फर्ममा आज

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

युद्धका लागि उमेर पुगेका नागरिकलाई युक्रेनले स्वदेश फिर्ता बोलाउने

युक्रेन – सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश

सुनसरीको भोक्राहामा आगलागीबाट लाखौँको क्षति

सुनसरी – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा आज

आगलागी पिडितलाई राहत वितरण

तम्घास । गुल्मीको मदाने गाउँपालिका १ अग्लुङ्गका आगलागी पिडितहरुलाई राहत