स्कुटर चोरेको आरोपमा एकजना पक्राउ | Khabarhub Khabarhub

स्कुटर चोरेको आरोपमा एकजना पक्राउ


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– प्रहरीले पर्साको वीरगञ्जबाट स्कुटर चोरी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१ घर भएका २२ वर्षीय प्रदीप कुमार साह हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी ओमप्रकाश खनालका अनुसार उनले जेठ ३ मा वीरगञ्ज–२ छपकैया बस्ने रन्जित साहको नाममा दर्ता रहेको ना.२३ प ८२७१ नम्बरको हरियो रंगको स्कुटी चोरी गरेको पाइएको छ ।

प्रगतिनगरस्थित सडक छेउमा पार्किङ गरेर राखेको स्कुटीको लक फुटाएर चोरी गरिएको थियो । प्रदीपले सो स्कुटर चोरेर सिर्सियास्थित खुसानी साहको घरमा लुकाएर राखेको अवस्थामा बिहीबार प्रहरीले बरामद गरेको थियो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ९ : ०८ बजे

रास्वापा सिद्धयाउने षड्यन्त्र भइरहेको छ : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना पार्टीलाई सिद्धयाउने

युक्रेन र रुसबीचको हवाइ आक्रमणमा सर्वसाधारणको मृत्यु

किएभ– युक्रेनले शनिबार बिहानै रूसतर्फ ड्रोन आक्रमण गरेको र आक्रमणका

भोजपुर गोल्डकपको तयारी पूरा

भोजपुर– भोजपुरमा आइतबारबाट सञ्चालन हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

आगोको झिल्का सल्केर घरमा आगलागी

बैसाखे– पर्साको जिल्लाको छिपहरमाई गाउँपालिकामा –१ भलुवहिया टोलमा आज दिउँसो

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी– भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा आएको