कोरोना विरुद्धको लडाइँका लागि जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजद्वारा २ करोड सहयोग | Khabarhub Khabarhub

कोरोना विरुद्धको लडाइँका लागि जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजद्वारा २ करोड सहयोग


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजले काेराेना महामारीसँग जुध्न २ करोड सहयोग गरेको छ।

सामुदायिक अस्पतालको स्वास्थ्य सेवालाई विस्तार गर्न तथा देशका विभिन्न प्रदेशमा स्थानीय सामुदायिक संस्थाको अग्रसरतामा कोभिड १९ प्रभावित लक्षित समूहलाई आवश्यक पर्ने सामग्री खरिदका लागि उक्त सहयाेग गरिएकाे कम्पनीले जनाएकाे छ।

कम्पनीका अनुसार अक्सिजन, भेन्टिलेटर, आईसीयूलगायत अन्य स्वास्थ्य सामग्री खरिदको लागि पछिल्लो दुई हप्तामा दुई करोडको प्रत्यक्ष अनुदान प्रदान गरिएको हो।

कम्पनीले अक्सिजन प्लान्ट र आईसीयू विस्तारका लागि धुलिखेल अस्पताललाई एक करोड ३५ लाख सहयोग गरेको जनाएको छ।

त्यसैगरी नेपालको विभिन्न प्रदेशहरुमा सामुदायिक समूहको प्रयासको लागि सहयोगस्वरुप ७५ लाख प्रदान गरिएको कम्पनीले जनाएको छ।

यसअन्तर्गत नेपाल भेन्टिलेटर सर्भिसलाई हाई फ्लो क्यानुलास (ननइन्भ्यासिभ) भेन्टिलेटर खरिद गर्न, वीरगञ्ज महानगरपालिकामार्फत वीरगञ्ज, पर्सामा अस्थायी कोभिड अस्पताल सञ्चालन गर्न, ललितपुर महानगरपालिका र ज्यापु समाजको सहयोगमा ललितपुरका रोटरी क्लबहरुमार्फत सञ्चालित आइसोलेसन सेन्टरका लागि उपकरण र सामग्री खरिद गर्न, विराटनगर, मोरङमा अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालनको लागि रोटरी क्लब अफ विराटनगर युनिकलाई सहयोग गरिएको कम्पनीले जनाएको छ।

त्यसैगरी, रोटरी क्लब अफ बिर्तामोडलाई झापामा अक्सिजन बैंक सञ्चालन गर्न सहयोग गरेको कम्पनीले रोटरी क्लब अफ धनगढीलाई धनगढी, कैलालीमा अक्सिजन बैंक सञ्चालन गर्न पनि सहयोग गरेको जनाएको छ।

त्यस्तै, लायन्स क्लब अफ बुटवलमार्फत बुटवल, रुपन्देहीमा अक्सिजन ग्यास भर्ने कार्यको लागि सहयोग गरिएको, रोटरी क्लब अफ भैरहवामार्फत भैरहवा, रुपन्देहीमा सञ्चालित आइसोलेसन सेन्टरका लागि उपकरण खरिदमा सहयोग, भैरहवा चेम्बर अफ कमर्समार्फत रुपन्देहीमा सञ्चालित अक्सिजन ग्यास भर्ने कार्यको लागि सहयोग तथा देशभरि आफ्नो ग्राहक तथा स्थानीय समुदायको लागि पाँच लाख फेस मास्क वितरण गरेको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ।

कम्पनीका अध्यक्ष विजय कुमार शाहले समुदायलाई आवश्यक परेको बेला सहयोग गर्ने कुरा मानव धर्म भएको बताए।

कम्पनीले भनेको छ, ‘यीबाहेक पनि उहाँले आफ्नो व्यक्तिगत क्षमतामा खाँचो परेका र वञ्चित समुदायलाई वर्षेनी लाखौँ रुपैयाँ सहयोग गर्दै आउनुभएको छ, जसको उहाँ प्रचार गर्न रुचाउनुहुन्न।’

शाह नेपालको सबैभन्दा बढी कर तिर्ने व्यक्तिगत करदाता समेत हुन्।

जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका ग्रुप कार्यकारी निर्देशक सशिन जोशीले अहिलेको यो कठिन समयमा एक सच्चा कर्पोरेट नागरिकको हैसियतले व्यापारिक घरानाहरुले कुनै पनि अपेक्षा नराखी स्वच्छ रुपले सहयोगी भाव विकास गर्नुपर्नेमा जोड दिए।

कर्पोरेट सेक्टर पनि यही समुदायको एक अभिन्न हिस्सा भएको र जसको अस्तित्व समुदायको हितसँग निर्भर हुने भन्दै उनले यो समय सरकारले सीमित स्रोत र साधनबाट गरेको प्रयासप्रति सहयोग र समर्थन गर्ने पनि भएको बताए।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  २ : ३१ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र