कोरोना शमनका लागि ५९ गुरुकुलमा सहस्रचण्डी | Khabarhub Khabarhub

कोरोना शमनका लागि ५९ गुरुकुलमा सहस्रचण्डी


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तीव्ररूपमा फैलिएको नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना भाइरस शमन गर्ने सङ्कल्पले देशका विभिन्न स्थानमा रहेका ५९ गुरुकुलमा सहस्रचण्डी शुरु भएको छ ।

नेपाल महर्षि वैदिक फाउन्डेसनको आयोजनामा पाँच दिनसम्म चल्ने यज्ञमा ती गुरुकुलका २५० पण्डितले सम्पुटित पाठ गरिरहेको गुरुकुल निरीक्षक अभिमन्यु नेपालले जानकारी दिए । नैमिषारण्य गुरुकुल बनेपा, स्वर्गद्वारी गुरुकुल प्यूठान र उग्रतारा गुरुकुल डढेल्धुरामा सहस्रचण्डीको दशांश हवन भइरहेको छ ।

फाउन्डेसनले गत वर्ष विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको न्यूनीकरणका लागिसमेत सम्पुटित सहस्रचण्डी पाठ गराएको थियो । महामारी शमनका लागि तन्त्र तथा आगम ग्रन्थमा विभिन्न प्रयोग उल्लेख गरिएका छन् । यस्ता प्रयोग प्राचीन कालमा प्रचलनमा थिए । वैदिक सनातन परम्परामा यस्ता प्रयोगको वैज्ञानिकताप्रति जनमानसमा श्रद्धा र विश्वास थियो ।

अहिलेको विषम परिस्थितिमा सनातनदेखि मानिआएका चालचलन कति वैज्ञानिक रहेछन् र ती चालचलनलाई अनुसरण गर्ने कुरामा शिथिलता आएकोले नै विभिन्न स्वास्थ्य समस्या पैदा भइरहेको कुरा आधुनिक खोजअनुसन्धानबाट पनि सिद्ध हुँदै गएकाले यस्तो प्रयोग गरिएको फाउन्डेसनले जनाएको छ । तन्त्र तथा आगम ग्रन्थमा दिइएका त्यस्ता प्रयोग केवल आस्थामात्र नभएर विज्ञानसम्मत छन् भन्ने कुरा महामारी शमनका लागि प्रयोग गरिने हवन सामग्रीबाट प्रष्ट हुने निरीक्षक नेपालले बताए ।

महामारी शमनका लागि गाईको घिउ, मरिच, पिप्ला, सुकेको अदुवा, सुकुमेल वा अलैँची, ल्वाङ, जटामसी, इन्द्र जौ, ज्वानो, बकाइनोको दाना, कुटुकी, वायुविडिङ, गुर्जो, चिराइतो, सेतो वा कालो तिल, तिलको आधा भाग जौ र जौको आधा भाग चामलको चरु सामग्री बनाएर हवन गरिने छ । यी सामग्री आयुर्वेदिक दृष्टिले अत्यन्त महत्वपूर्ण छन् । यिनको हवनले वायुमण्डललाई शुद्ध गर्ने र स्वास्थ्यका लागि आवश्यक शुद्ध अक्सिजन आपूर्ति हुने कुरा अनुसन्धानबाट प्रमाणित भएको जनाइएको छ ।

शरीर रक्षाका साथै अन्य काम्य प्रयोगमा उपयोगी स्तोत्रको पाठ वा मन्त्रको जपले व्यक्तिमा सकारात्मक मनोभावको विकास भई उसमा रोगप्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ । उल्लेखित द्रव्यको हवनले वायुमण्डललाई शुद्ध बनाई त्यहाँबाट शुद्ध अक्सिजन प्राप्त हुन्छ । त्यसैले यस्ता प्रयोग प्राचीनकालदेखि हुँदै आएका छन् ।

कोभिड–१९ को महामारीले विश्व नै आक्रान्त भएको र नेपालमा त्यसको भयावह प्रभाव देखिँदै गएको वर्तमान परिस्थितिमा यस किसिमको प्रयोग गर्नु आवश्यक देखिएकोले शास्त्रसम्मत ढङ्गले महामारी शमनका लागि शास्त्रमा निर्दिष्ट जयन्ती मङ्गला काली भद्रकाली कपालिनी । दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तु ते ।। यस मन्त्रले दुर्गासप्तशती महामन्त्रलाई सम्पुटित गरी राष्ट्रव्यापीरूपमा नेपाल महर्षि वैदिक फाउण्डेशन र फाउण्डेशन फर वैदिक कल्चरको समन्वयमा ५९ गुरुकुलमा आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर सहस्रचण्डीपाठ शुरु गरिएको हो ।

फाउण्डेसनले विसं २०७० देखि राष्ट्र कल्याण एवं विश्व शान्तिको सङ्कल्पले देशका करिब १०० गुरुकुलमा वैदिक रुद्राभिषेकसमेत गर्दै आएको छ । यज्ञ गर्ने वैदिक पण्डितले त्यसअघि योग र ध्यान गर्नुपर्छ । भावातीत ध्यानका माध्यमबाट भावातीत अवस्थामा पुगेर गरिने यज्ञले फल प्रदान गर्ने तथ्य वैज्ञानिक अनुसन्धानबाट समेत पुष्टि भएको जनाइएको छ । रासस

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  १० : ४५ बजे

गोरखा भूकम्पको ९ वर्ष : बारपाककाे फेरियो स्वरूप (तस्बिरहरु)

गोरखा– २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर

चीनमा ठूलो बाढी, एक लाख मानिसलाई स्थानान्तरण

बेइजिङ– दक्षिण चीनमा भारी वर्षा र बाढीका कारण एक लाखभन्दा

जङ्गलको डढेलो बस्तीमा पस्दा पाँच घर नष्ट

सोलुखुम्बु– सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा

स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू

झापाको झिलझिलेमा सवारी दुर्घटना, तीनजनाको मृत्यु

झापा– झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा तीन