प्रधानमन्त्रीमा दाबी पेश गर्न देउवासहित विपक्षी दलका नेताहरू शीतलनिवासमा | Khabarhub Khabarhub

प्रधानमन्त्रीमा दाबी पेश गर्न देउवासहित विपक्षी दलका नेताहरू शीतलनिवासमा


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दाबी गर्न विपक्षी गठबन्धन १ सय ४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालय शीतलनिवास पुगेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दाबी प्रस्तुत गर्दै नेताहरू शीतलनिवास पुगेका हुन् ।

देउवालाई प्रधानमन्त्री बनाउन कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षका सांसदले समर्थन गरेका छन् । उक्त प्रस्तावमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका २७ जना सांसदले पनि हस्ताक्षर गरेका छन् ।

एक जना स्वतन्त्र सांसदसहित १ सय ४९ जना सांसदको हस्ताक्षर संकलन गरिएको हो ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ३ : ५३ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न