‘सिनेमाघर एप’मा निःशुल्क ‘डमरुको डण्डीबियो’ | Khabarhub Khabarhub

‘सिनेमाघर एप’मा निःशुल्क ‘डमरुको डण्डीबियो’


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– अभिनेता खगेन्द्र लामिछाने र मेनुका प्रधान स्टारर फिल्म ‘डमरुको डण्डीबियो’ अब दर्शकले निःशुल्क हेर्न पाउने भएका छन् ।

दिवंगत निर्देशक छेतेन गुरुङ निर्देशित फिल्मलाई दर्शकले सिनेमाघर एपमा निःशुल्क हेर्न पाउने भएका हुन् ।

फिल्मका अभिनेता तथा सिनेमाघर एपका खगेन्द्र लामिछानेले लकडाउनको समय मनोरञ्जनपूर्ण र यादगार बनोस् भनेर ‘सिनेमाघर एप’ को तर्फबाट नेपालमा बस्ने दर्शकहरुको लागि ‘डमरुको डण्डीवियो’ निशुल्क हेर्न मिल्ने व्यवस्था मिलाएको बताए ।

अहिले यो सुविधा नेपालमा मात्र रहेको र बिस्तारै अरु देशहरुमा पनि उपलब्ध हुँदै जाने एपका कार्यकारी अधिकृत सागर खरेलले बताए ।

‘डमरुको डन्डीबियो हाम्रो एपमा एकदमै रुचाइएको फिल्म हो, हामीले अहिलेसम्म यसलाई ‘पेड सर्भिस’को रुपमा राखेको थियौं । यो हाम्रो एपमा सबैभन्दा धेरै किनेर हेरिएको फिल्म हो, तैपनि हामीले यो लकडाउनको अवस्थामा सबैलाई मनोरञ्जन होस् भन्ने हेतुले निशुल्क गरेको छौं’, खरेलले बताए ।

फिल्म हेर्नका लागि एप स्टोरमा गएर सिनेमाघर एप अपडेट गर्नु पर्नेहुन्छ । सिनेमाघर एप एण्ड्रोइड, आइओस, अमेजन फायर टिभी, एण्ड्रोइड टिभीलगायतमा उपलब्ध छ ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ३ : ३० बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न