विषम परिस्थितिमा थप सक्रिय हुन प्रहरीलाई निर्देशन | Khabarhub Khabarhub

विषम परिस्थितिमा थप सक्रिय हुन प्रहरीलाई निर्देशन


८ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी संगठनमा एउटा प्रणालीको विकास गर्न खोजिरहेको र नेपाल प्रहरीले लागू गरेको कार्ययोजना अनुरूप प्राप्त जिम्मेवारीप्रति थप सक्रिय भई कार्यसम्पादन गर्नुपर्ने बताएका छन् ।

कार्यसम्पादन सम्झौताअनुरूप फरार अभियुक्त पक्राउ, हातहतियार बरामद, राजस्व संकलनमा वृद्धि लगायतका गतिविधिमा राम्रो सफलता हासिल गरेको जानकारी दिँदै उनले जघन्य अपराध, अवैध लागूऔषधजस्ता आपराधिक गतिविधि न्यूनीकरण गर्न प्रहरी कर्मचारी थप चनाखो हुनुपर्नेमा जोड दिए ।

काठमाडौंमा बुधवार आयोजित नेपाल प्रहरीको चैतको मासिक प्रगति समीक्षा कार्यक्रममा उनले प्रहरी कोभिड–१९ को विषम परिस्थितिप्रति संवेदनशील हुन र नियन्त्रणका उपाय तथा मापदण्डलाई गम्भीरतापूर्वक लिई स्थानीयस्तरमा संक्रमण फैलिनबाट रोक्ने कार्यमा सक्रिय हुन निर्देशन समेत दिए ।

सो क्रममा नेपाल प्रहरीको कार्ययोजना २०७७ कार्यसम्पादन सम्झौता तथा प्रहरी हवल्दार/प्रहरी जवान लक्षित उत्प्रेरणा अभिवृद्धि योजनाका बारेमा समेत समीक्षा गरिएको थियो ।

कार्यक्रममा ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखले भर्चुअल रूपमा तथा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रतिनिधिले कार्यक्रममा उपस्थित भई आ–आफ्नो कार्यालयबाट गत चैतमा सम्पन्न भएका कार्यसम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।

प्रस्तुतीकरणमा शान्तिसुरक्षाको प्रभावकारी व्यवस्थापन र सुधार, प्रभावकारी अपराध अनुसन्धान तथा प्रविधियुक्त अनुसन्धान प्रणाली विकास, ट्राफिक व्यवस्थापन सुधार, आर्थिक अनुशासन र पारदर्शिता, गुनासो व्यवस्थापन, भौतिक पूर्वाधार र स्रोत साधनको व्यवस्थापनका विषयमा समीक्षा गरिएको थियो ।

मानव स्रोतको व्यवस्थापन प्रणाली विकास, नागरिक केन्द्रित प्रहरी सेवा प्रवाहमा सुदृढीकरण, मानव अधिकार संरक्षण र सम्वद्र्धन, सुरक्षा निकाय तथा अन्य निकायसँगको समन्वय र सहकार्यको प्रभावकारिता, विपद् व्यवस्थापन क्षमता अभिवृद्धि, नवीनतम् कार्यको शुरुआत तथा कार्यान्वयन र अन्य उल्लेखनीय प्रयास तथा उपलब्धिबारे विवरण प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ८ : १६ बजे

युएईविरुद्ध नेपालको खराब सुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट

काठमाडौं– नेपालले युएईविरुद्धको खेलमा पहिलो बलमा नै विकेट गुमाएको छ

युएईले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं– आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदै छन्

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

सिन्धुपाल्चोक बस दुर्घटना : मृतक तिनै जना दोलखाका

दोलखा– सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको