घाँटीमा घुँडाले थिच्ने पूर्वप्रहरी अधिकारी हत्या अभियोगमा दोषी ठहर | Khabarhub Khabarhub

घाँटीमा घुँडाले थिच्ने पूर्वप्रहरी अधिकारी हत्या अभियोगमा दोषी ठहर


८ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जर्ज फ्लोइडको हत्या अभियोगमा पूर्वप्रहरी अधिकारी डेरेक चोभनलाई जुरीले दोषी ठहर गरेको छ ।

गएको वर्ष अमेरिकाको मिनेशोटा राज्यको मिनियापोलसमा प्रहरीले पक्राउ गर्ने क्रममा गरेको ज्यादतीका कारण अश्वेत अमेरिकी ४६ वर्षे फ्लोइडको निधन भएको थियो ।

पक्राउको क्रममा ४५ वर्षे प्रहरी अधिकारी (तत्कालीन) चोभनले फ्लोइटको घाँटीमा ९ मिनेट भन्दा बढि थिचेको र फ्लोइटले ‘आइ कान्ट ब्रिथ’ भनेको भिडियो सार्वजनिक भएको थियो ।

त्यसपछि अमेरिकासहित विश्वभर रंगभेद र प्रहरी ज्यादती विरुद्ध प्रदर्शन भएको थियो ।

१४ दिनको सुनुवाईमा ४५ जना साक्षीको बयान एवम् पक्ष विपक्षका वकिलको बहस सुनेपछि जुरीले आफ्नो निर्णय तयार पारेको हो । जुरीले पूर्व प्रहरी अधिकारी चोभनलाई सेकेण्ड डिग्री मडर र थर्ड डिग्री मडर एवम् मानवहत्या अभियोगमा दोषी ठहर गरेको हो ।

सजायको घोषणा नभएसम्म चोभन हिरासतमै रहने छन् । दोषी ठहर भएका उनीमाथि दशकौँ लामो जेल सजाय हुन सक्ने छ ।

४६ वर्षका फ्लोइडको गएको वर्ष प्रहरी हिरासतमा निधन भएको थियो । उनलाई पक्राउ गर्ने क्रममा प्रहरीको ज्यादतीको भिडियो सार्वजनिक भएसँगै अमेरिकासहित विश्वभर प्रहरी प्रशासनको फरक व्यवहार र रंगभेदलाई लिएर प्रदर्शन भएको थियो ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  १२ : ३० बजे

राष्ट्रपति-अमिर वार्ता : मध्यपूर्वको युद्धमा चासो, जलवायु परिवर्तनको संकट टार्न सहकार्य गर्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई

बालेन्द्रको फोटो टाँसेर इलाममा चुनाव प्रचार !

काठमाडौं- इलाममा गर्माएको उपनिर्वाचनको मैदानमा २० उम्मेदवार छन् । यीमध्ये

आईपीओकै दरमा किन्न पाइन्छ ४ कम्पनीको शेयर

काठमाडौं– नेपाल स्टक एक्चेञ्ज (नेप्से)को दोस्रो बजारमा ४ कम्पनीको शेयर

युक्रेन युद्धमा रुसलाई समर्थन गरेको अमेरिकी दाबीमा चीनको आपत्ति

बेइजिङ– बेइजिङले युक्रेनमा रुसको युद्धको समर्थन गरिरहेको भन्ने अमेरिकाको ‘निराधार

रूसी लगानीकर्तालाई नेपाली लगानी गर्न एफएनसीसीआइको आग्रह

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघ र रूसी संघको चेम्बर