देशका धेरै स्थानमा वर्षाको सम्भावना | Khabarhub Khabarhub

देशका धेरै स्थानमा वर्षाको सम्भावना


८ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज देशका धेरैजसो स्थानमा मौमस बदली भएको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार बिहानैदेखि देशभरका अधिकांश ठाउँमा घाम लागेको छैन। काठमाडौँ उपत्यकामा बिहानै छिटपुट पानी परेर अहिले रोकिएको छ।

‘आज दिनभर नै उपत्यकामा घाम लाग्ने सम्भावना छैन,’ मौसमविद् श्रेष्ठले भने, ‘फेरि पानी पर्ने सम्भावना छ, तर हल्का मात्र।’

उनका अनुसार खासगरी आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा अलि ठूलो वर्षा हुने सम्भावना छ। तर ठूलो भन्नाले भारी वर्षा होइन, मध्यम किसिमको।

मौसमविद् श्रेष्ठका अनुसार अहिले देशका धेरै स्थानमा तुवाँलो पनि लागेको छ। जसले वायु प्रदूषण बढाउँछ। ‘ठूलो वर्षा भए तुवाँलो हट्थ्यो,’ उनले भने, ‘हल्का वर्षाले त्यो हट्ने सम्भावना हुँदैन।’

आज हावाहुरीको सम्भावना भने कमै रहेको उनले बताए। तर अहिले प्रि-मनसुन भएकाले मेघगर्जन, चट्याङ तथा हावाहुरीको सम्भावना भने हुन्छ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  १० : ३६ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६