श्रमिकको उद्धारका नाममा भ्रष्टाचार गर्ने एनआरएनए युएई अध्यक्ष र उपाध्यक्ष निलम्बित | Khabarhub Khabarhub

श्रमिकको उद्धारका नाममा भ्रष्टाचार गर्ने एनआरएनए युएई अध्यक्ष र उपाध्यक्ष निलम्बित


८ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आइएलओले कोरोना पीडित नेपाली श्रमिकलाई उद्दार तथा सहयोग गर्न दिएको रकम हिनामिना गरेको आरोप लागेका एनआरएनए यूएइका अध्यक्ष प्रकाश कोइराला र उपाध्यक्ष पासाङ शेर्पालाई पदबाट निलम्बन गरेको छ।

संघले एक विज्ञप्ति जारी गर्दै कोभिड- १९ महामारीको दौरानमा गरिएको आरआर आर प्रोजेक्टमा अनियमितता भएको भनि छानबिन समितिको प्रतिवेदन उल्लेख गरिए सँगै कोइराला र शेर्पालाई निलम्बन गरिएको जनाएको छ ।

मध्यपूर्व तथा मलेसियामा कोभिड–१९ बाट प्रभावित भई रोजगारी गुमाएका नेपाली कामदारहरुलाई राहत तथा स्वदेश फिर्तीमा सघाउन आइएलओको सहयोगमा सञ्चालित परियोजनाबारे कार्य समितिलाई जानकारी नदिई काठमाडौँमा खाता खोल्ने, काठमाडौँबाट हुण्डी गरेर पैसा झिकाउने जस्ता काम गरेको भन्दै अध्यक्ष कोइराला तथा उपाध्यक्ष पासाङ शेर्पालाई निलम्बन गर्न सिफारिस गरेको थियो ।

युएईमा कार्यरत नेपाली कामदारका नाममा कोइराला र उपाध्यक्ष शेर्पाले अनियमितता गरेको आरोप लागेपछि आइसीसी सदस्य राजु केसीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले ८४ पृष्ठ लामो प्रतिवेदन आइसीसीलाई बुझाइसकेको जनाएको छ ।

उक्त प्रतिवेदनमा ६२ हजार दिराम अनियमितता गरेको छानबिन समितिले निष्कर्ष निकालेको छ । उनीहरु निलम्बन परेसँगै पदीय हिसाबले कुनै पनि क्रियाकलापमा सहभागी हुन् नपाउने समेत यूएईबासी नेपालीहरुमा जानकारी गराईएको संघले जारी गरेको विज्ञप्तिमा भनेको छ ।

साथै, यूएईमा कोरोनाका करण नेपाली समस्यामा परेका भए वा घर फिर्तीमा समस्या भएका व्यक्ति कसैले देखेको भए एनआरएनएलाई खबर गर्न अनुरोध गरेको छ ।

गैरआवासीय नेपाली संघले जारी गरेको विज्ञप्ति पढ्नुहोस्

 

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ८ : १४ बजे

प्रधानमन्त्रीको दाबी ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्मन्न हुन्छन्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति

युरोप पठाउने भन्दै बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ

काठमाडौं – बङ्गलादेशका नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याई बन्धक

प्रचण्डको ‘उथलपुथल’ सन्देश – नयाँसंग घुर्की, पुरानालाई धम्की

काठमाडौं – नेपालका राजनीतिज्ञहरुले बेला बखत चट्के शब्द प्रयोग गरेर