घुस अभियोगमा फार्मेसी अधिकृत सुवेदीविरुद्ध मुद्दा  | Khabarhub Khabarhub

घुस अभियोगमा फार्मेसी अधिकृत सुवेदीविरुद्ध मुद्दा 


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औषधि व्यवस्था विभाग शाखा कार्यालय विराटनगरमा कार्यरत फार्मेसी अधिकृत सरोज सुवेदीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सरकारी वकिल कार्यालय तेह्रथुमबाट माग भइ आएको राय पठाई सिल भएको फार्मेसी पसल खोलिदिने प्रयोजनका लागि सेवाग्राहीसँग रु दुई लाख घुस माग गर्दै गरेको अवस्थामा आयोगको टोलीले सुवेदीलाई केही दिन पहिले पक्राउ गरेको थियो ।

आयोगले आरोपी सुवेदीविरुद्ध बिगो अनुसारको कारवाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

यस्तै, आयोगले आजै सशस्त्र प्रहरी बल वेस क्याम्प गैडहवा रुपन्देहीका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र प्रहरी नायब निरीक्षक राजेश पासीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सेवाग्राहीको फर्निचर उद्योग सञ्चालनमा सहजीकरण गरिदिने भन्दै उनीहरूले सेवाग्राहीसँग रु ५० हजार घुस मागेको अभियोग लागेको छ । उनीहरूविरुद्ध बिगो अनुसारको कारवाहीको माग गरिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  १० : ४२ बजे

बैतडीमा आगलागी, ५ लाख बराबरको क्षति 

काठमाडौं– बैतडीमा दुई घरमा आगलागी भएको छ। जंगलमा लागेको आगोबाट

क्यानडामा विदेशी नागरिकलाई घर किन्न प्रतिबन्ध

क्यानडा– विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ

आइपिएलमा आज लखनउ र चेन्नई खेल्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

हर्नियाको जोखिममा पुरुष : समयमा उपचार नगरे ज्यानै जाने खतरा

काठमाडौं – हर्निया शरीरको कुनै अङ्गको अतिरिक्त विकास भएर उत्पन्न

इन्डोनेसियामा भयानक ज्वालामुखी बिष्फोट, ११ हजार बढीलाई अन्यत्र सारियो

जाकार्ता– इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विस्फोट भए पछि ११ हजारभन्दा